आज हिन्दू महिलाहरुले ॠषि पञ्चमी पर्ब अर्थात तीजको अन्तिम दिन धुमधामका साथ मनाउदै

आज भाद्रशुक्ल पञ्चमी तीजको अन्तिम दिन आज महिलाहरूले अरुणधत्तीसहित सप्तऋषि कस्यप, अत्रि, भरद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वमित्रको पूजा आराधना गरी तीज ब्रत समाप्त गर्दैछन् ।



विशेषगरी रजस्वला भइसकेका नारीहरूले भविष्य पुराणका अनुसार ब्रम्हहत्याको पाप मुक्ति तथा रजस्वला भएका अवस्थामा जानी नजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस् भन्नाका लागि सप्तऋषिको पूजा गर्ने प्रचलन रहेको हो ।



काठमाडौँ उपत्यकाका लगायत देस भर हिन्दू धर्म मान्ने महिलाहरू आज कुलेश्वरको ऋशेश्वर महादेवका मन्दिरमा गई पूजाआजा गर्दछन् भने कतिपय महिलाहरू घरमै ब्राम्हण बोलाई सप्तऋषिको पूजा गर्ने परम्परा रहेको छ ।

 

अर्घाखाँची डटकम