अमेरिकी राष्ट्रपति ओवामाले आफ्नै देशमा बनेको इस्लामविरोधी फिल्मको आलोचना गरेको विज्ञापन पाकिस्तानमा प्रशारण


अमेरिका । अमेरिकी राष्ट्रपति बाराक ओवामाले आफ्नै देशमा बनेको इस्लामविरोधी फिल्मको आलोचना गरेको विज्ञापन पाकिस्तानी टेलिभिजनहरुबाट प्रशारण गरिएको छ ।

 

मुस्लिम देशहरुमा आफ्नो देशविरुद्ध प्रदर्शन तीब्र भएपछि यस्तो विज्ञापन देखाइएको हो । विदेश मन्त्री हिलारी क्लिन्टनले फिल्ममा राखिएको सन्देशको आलोचना गरेको विषय पनि विज्ञापनमा राखिएको छ । विज्ञापनका लागि अमेरिकाले ७० हजार डलर खर्चेको खबर छ ।


यस्तो घिनलाग्दो फिल्म बनाउन अमेरिकाको कुनै हात नरहेको प्रष्टीकरण विज्ञापनमार्फत् अमेरिकी अधिकारीहरुले बारम्बार दिइरहेका देखिन्छन् । इन्नोसेन्स् अफ मुस्लिम नामक फिल्ममा इस्लाम धर्म गुरु पैगम्बर मोहम्मदप्रति खिल्ली गरिएको छ । जसका कारण मुस्लिम बाहुल्य देशमा भएका प्रदर्शनमा थुप्रैंले ज्यान गुमाइसकेका छन् ।


यस प्रकरणमा लिबियामा अमेरिकी राजदूत नै मारिइसकेका छन् भने अमेरिकी दूतावासहरु निशानामा पारिएका छन् । यता पाकिस्तान सरकारले भने इस्लामविरोधी फिल्मविरुद्ध शान्तिपूर्वक विरोध प्रदर्शन गर्नका लागि भन्दै आज सार्वजनिक छुट्टी दिएको छ । जहाँ सत्तारुढ पिपल्स पार्टीले पनि भाग लिने बताइएको छ ।

 

हिजै मात्र पनि पाकिस्तानमा गरिएको अमेरिका विरोधी प्रदर्शनमा राष्ट्रपति बाराक ओबामाको पुत्ला जलाइएको थियो । Agencies