बिधार्थी संगठनहरुद्वारा थप आन्दोलनका कार्यक्रमको घोषणा

 आन्दोलनरत नौँ बिद्यार्थी संगठनहरुले पछिल्लो पटक सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्यवृद्धिको बिरोधमा आज थप आन्दोलनका कार्यक्रम सार्बजनीक गर्ने भएको छ । असोज ३ गते बसेको बैठक मार्फत आन्दोलनको घोषणा गरेका बिद्यार्थीसंगठनहरुले आज आन्दोलनका कार्यक्रम सार्बजनीक गर्न लागेका हुन ।
नेपाल बिद्यार्थी संघको कार्यालय पुतलीसडकमा जारी बैठकमा आन्दोलनका कार्यक्रमको स्बरुपको बिषयमा छलफल भैरहेको नेबिसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनु भयो । बिगतको आन्दोलनको समिक्षा सहित थप नँया कार्यक्रमको तयारीको बिषयमा छलफल केन्द्रित भएको उहाले बताउनु भयो ।
बिद्यार्थी संगठनहरुले पट्रोलियम पदार्थको मुल्यबृद्धि तथा बजारमा बढेको खाद्य पदार्थको मुल्य बृद्धि नियन्त्रणका लागि सरकारले प्रयास नगेरको भन्दै बिभिन्न चरणका आन्दोलन गर्दै आएका थिए । बिद्यार्थी संगठन र युवासंघले मुल्यबृद्धि फिर्ता लिन गरेको आग्रह सरकारले नमाने पछि थप कडा आन्दोलन गर्ने भएका हुन ।