अमेरिकी फिल्मले मुश्लिम समूदायको अपमान गरेको भन्दै जारी प्रदर्शनका क्रममा पाकिस्तानमा १९ जनाको मृत्‍यु


अंग्रेजी चलचित्र इनोसेन्स अफ मुश्लिमसले मुश्लिम समूदायको अपमान गरेको भन्दै जारी प्रदर्शनमा पाकिस्तानमा अहिले सम्म १९ जनाको मृत्‍यु भएको छ ।


साथै ति हिसात्मक प्रर्दशनहरुमा सयौ घाइते भएका छन ।


विरोध प्रदर्शनका कारण रावलपिन्डी, पेशावर, लाहोर र कराँची तनावग्रस्त बनेका छन् । इस्लामाबादमा प्रर्दशनकारीले कयौं सवारीसाधनमा आगजनी गरेका छन् ।


प्रदर्शन चर्किन नदिन पाकिस्तानका अधिकांश ठाउँमा मोबाइल सेवा बन्द गरिएको छ ।

 

साथै समाचार संकलन गर्नेक्रममा पाकिस्तानमा एक पत्रकारको मृत्यु भएको छ ।

 

सिनेमा हलमा आगो लगाउने प्रयास गरेका प्रदर्शनकारीमाथि सुुरक्षाकर्मीले चलाएको गोली लागी पाकिस्तानको एक टिभी च्यानलमा कार्यरत पत्रकारको मृत्यु भएको हो ।

 

मुस्लिम बाहुल्य कयौं देशमा शुक्रवारे प्रार्थनाको अवसरमा अमेरिका विरोधी प्रदर्शनहरु भएका छन् । अमेरिकामा पैगम्बर मोहम्मद विरोधी चलचित्र बनाईए लगत्तै फ्रान्सको एक पत्रिकाले पनि पैगम्बर मोहम्मदलाई नांगो चित्रमा उतारेर कार्टुन प्रकाशन गरेपछि पश्चिमा देशहरु विरुद्धको प्रदर्शन अरु चर्किएको छ ।

 

पाकिस्तानमा अमेरिका विरोधी प्रदर्शन चर्किदै गएपछि प्रदर्शनलाई मथ्थर पार्न अमेरिकी राष्ट्रपतिले इस्लामविरोधी फिल्मको आलोचना गरेको विज्ञापन पाकिस्तानी टेलिभिजनहरुबाट प्रशारण गरिएको छ ।

 

मुस्लिम देशहरुमा आफ्नो देशविरुद्ध प्रदर्शन तीब्र भएपछि यस्तो विज्ञापन देखाइएको हो । राष्ट्रपति बाराक ओबामा र विदेश मन्त्री हिलारी क्लिन्टनले फिल्ममा राखिएको सन्देशको आलोचना गरेको विषय पनि विज्ञापनमा राखिएको छ । विज्ञापनका लागि अमेरिकाले ७० हजार डलर खर्चेको खबर छ ।

 

इनोसेन्स् अफ मुस्लिम नामक फिल्ममा इस्लाम धर्म गुरु पैगम्बर मोहम्मदप्रति खिल्ली गरिएको छ । जसका कारण मुस्लिम बाहुल्य देशमा भएका प्रदर्शनमा थुप्रैंले ज्यान गुमाइसकेका छन् ।

 

यस प्रकरणमा लिबियामा अमेरिकी राजदूत नै मारिइसकेका छन् भने अमेरिकी दूतावासहरु निशानामा पारिएका छन् ।

 

हिजै मात्र पनि पाकिस्तानमा गरिएको अमेरिका विरोधी प्रदर्शनमा राष्ट्रपति बाराक ओबामाको पुत्ला जलाइएको थियो ।

 

– एजेन्सी