सोमालिया । सोमालियाको एक क्याफेमा आत्मघाती बम बिस्फोट हुँदा १४ जना मारिएका छन् ।
राजधानी मोगादिसुमा रहेका यस क्याफेमा प्रायः राजनीतिक दलका नेता र पत्रकारहरुको जमजट हुने गरेकाले उनीहरुलाई लक्षित गरी विस्फोट गराइएको हुनेसक्ने आशंका गरिएको छ । मारिनेमा तीन जना पत्रकार पनि छन् ।
पाँच बर्षदेखि सरकारबिरुद्ध कार्यरत अतिवादी समूह अल सवावले घटना गराएको हुनसक्ने आशंका सरकारले गरेको छ ।
सन् २०११ मा अफ्रिकी युनियनले सेना तैनाथ गरेपछि यो समूहले पटक पटक हिंसात्मक क्रियाकलाप गर्दै आएको छ । यद्यपि, उक्त समूहले घटनाको जिम्मेवारी लिएको छै्रन ।
– Agencies