धुलिखेल । विभिन्न सुरक्षा निकायका प्रमुख एवं मध्यमाञ्चलका दश जिल्लाका प्रहरी प्रमुखहरुको बैठक सम्पन्न भएको छ ।
धुलिखेलस्थित अरनिको होटलमा भएको बैठकमा गृहसचिव नविन घिमिरे, गृहका प्रवक्ता शंकर कोईराला, प्रहरी महानिरीक्षक कुबेर सिंह राना, सशसस्त्र प्रहरीका महानिरिक्षक कोषराज वन्त, अनुसन्धानका महानिरिक्षक मोती गुरुङ लगायत सहभागी थिए ।
कार्यक्रममा सुरक्षा रणनीति मजबुत बनाउने लगायतका विषयमा छलफल भएको थियो ।
– RSS