अमेरिकाको न्यूयोर्कस्थित एक कारागारका ११ जना कैदीले जेल प्रशासनसँग ५० करोड डलर क्षतिपूर्तिको माग गरेका छन् । उनीहरुले दाँत सफा गर्ने यन्त्र नपाएका कारण आफुहरुको दाँत झर्न थालेको भन्दै क्षतिपूर्तिको माग गरेका हुन् ।
अदालतमा दायर गरिएको क्षतिपूर्तिको मागमा कैदीहरुले दांत सफा गर्ने कुनै पनि यन्त्र नभएका कारण दांतमा समस्या देखिएको र पीडा सहन बाध्य भइरहेको उल्लेख गरेका छन् ।