पूर्वराजा ज्ञानेन्द्रको बाग्लुङमा जयजयकार, शाहद्धारा आफ्नो पश्चिमाञ्चल भ्रमण विशुद्ध धार्मिक भएको जिकिर

– कमला बस्नेत


बाग्लुङ – पूर्वराजा ज्ञानेन्द शाहले बाग्लुङको कालिका भगवती मन्दिरको दर्शन गरेका छन्। पोखराबाट आफैं सवारी चलाएर यहाँ आइपुगेका शाहले मध्यान्ह १२ बजे कालिका भगवती मन्दिरको दर्शन गरेका हुन्। पोखराबाट स्थलमार्ग हुँदै आएका शाहलाई करिब तीन सय मोटरसाइकलले स्कटिङ गरेर ल्याएका थिए।

 

शाह कालिका मन्दिरमा प्रवेश गर्दा हजारौंको संख्यामा राप्रापा नेपालका नेता-कार्यकर्ता र सर्वसाधारणले राजालाई फूलमालाले स्वागत गरेका थिए। सो अवसर शाहको पक्षमा नाराबाजी गर्दै जयजयकार गरेका थिए। कार्यक्रममा केही अन्य दलका कार्यकर्तासमेत स्वागतमा खटिएका देखिन्थे।

 

पूर्व राजाले मन्दिरमा पूजा-अर्चना गर्ने क्रममा सर्वसाधरणको पूजाआजा केही बेरका लागि रोकिएको थियो। मन्दिरमा पूजा गरेपछि शाह बाग्लुङको जिल्ला विकास चोकसम्म सवारीमा आएर त्यहाँबाट स्थानीयले प्रदान गरेको फूलमाला ग्रहण गर्दै होटल पिस प्यालेस होटलमा पुगेका छन्। उनको स्वागतका लागि पञ्चे बाजा बजाइएको थियो। बागलुङ बजारको जिविस चोकदेखि होटल पिस प्यालेसम्म अधिकांशले घर अगाडि पानीको घडा र फूल राखेर स्वागत गरेका थिए।


उनले होटल पिस प्यालेसमा खाना खाने र यहाँ स्थानीयसँग भेटघाट गरी पर्वत जाने कार्यक्रम रहेको स्वागत समितिका संयोजक सुरेन्द्र खड्काले बताए। शाहले आजै पर्वतका गुप्तेश्वर गुफा र गायत्री मन्दिरको दर्शन गर्ने कार्यक्रम छ।

 


 

आफ्नो पश्चिमाञ्चल भ्रमण विशुद्ध धार्मिक भएको जिकिर

 

पर्वत । पुर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो पश्चिमाञ्चल भ्रमण विशुद्ध धार्मिक भएको बताएका छन् । कतिपय दलहरुले भ्रमण विथोल्ने तयारी गरिरहेको बेला पुर्वराजाको यस्तो धारणा आएको हो ।

 

आज बाग्लुङ पुगेका पुर्वराजा शाहले पत्रकारहरुसँग कुरा गर्दै मुलुकको वर्तमान अवस्थाबाट आफू अत्यन्त चिन्तित रहेको बताए । शाहले भ्रमणक्रममा आफूले भेटेका सबै नेपालीले देशको अवस्थाबारे चिन्ता ब्यक्त गरेको जिकिर गरे ।


पश्चिमाञ्चलका ६ जिल्लाको भ्रमणमा निस्किएका पूर्व राजा ज्ञानेन्द्र शाहले आज बाग्लुङको कालिका मन्दिरको दर्शन गरेका छन् । साता लामो धार्मिक भ्रमणका लागि बिहीबार पोखरा गएका शाह पोखरा