– शोभाखर पन्थी
अर्घाखाँची । अर्घाखाँची जिल्लाको नरपानी गाविसमा संचालित ११ महिना देखी बन्द हुदै आएको चुन ढुङ्गा उत्खन्न पुन संचालन गर्न सरकारले प्रयास गरेको भन्दै स्थानिय बासिन्दाहरु पुन आन्दोलित भएका छन् ।
चुनढुङ्गा उत्खनन रोक्का संर्घष समितीले आज गोरुसिङ्गे सन्धिखर्क सडक खण्डको नरपानीमा दुई घण्टा चक्का जाम गर्नुका साथ विरोध प्रर्दशन समेत गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले चुनढुङ्गा उत्खनन सधाको लागी बन्द गरिनु पर्ने बताए । ऐतिहासिक तथा रमणिय स्थलको रुपमा रहेको नर्तनाञ्चल पर्वतमा पर्यटन तथा जडीबुटी खेती गरी करोडौ आमदानी लिन सक्ने मा वक्ता हरुको जोड थियो ।
कार्यक्रममा मनतव्य राख्दै राष्टिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सी नेकपा माओबादीका जिल्ला सह ईन्चार्ज भोला बस्याल ए माओवादीका जिल्ला सदस्य बाबुराम आचार्य काग्रेसका स्थानिय प्रतिनिथी ईन्द्र न्यौपानेराष्टिय जनशक्ती पार्टीका जिल्ला अध्यक्ष बेदराज घिमिरे ले सरकारले बल प्रयोग गरी जबरजस्ती गरी खानि संचालन गरे प्रतिकारमा उर्तने चेतावनी दिएका छन् ।
यस अघि प्रकासित नरपानीका तस्बिरहरु:-
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।