काठमाडौं । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लबले प्रधानमन्त्री डा. बाबुराम भट्टराई र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई गम्भीर संकटमा पु-याएको आरोप लगाएका छन् ।
राजधानीमा राष्ट्रिय क्रान्तिकारी वुद्धिजीवि संगठनको राष्ट्रिय भेलामा बोल्दै चन्दले देशमा गम्भीर राजनैतिक संकट उत्पन्न हुनुमा बाबुराम सरकार नै मुख्य दोषी रहेको बताए ।
एकीकृत माओवादीकै गलत क्रियाकलापका कारण राष्ट्रिय अखण्डता र स्वाधीनता खतरामा परेको उनको दावी छ ।
– RSS