– कृष्ण आचार्य
गोरखा – मनास्लु हिमालमा आज विहान गएको हिमपहिरोमा परी कम्तिमा ९ जना आरोहीको मृत्यु भएको छ । हिमपहिरोमा परी वेपत्ता भएका १३ मध्ये ९ जनाको शव फेला परेको छ ।
फेला परेका शव मध्ये एउटा नेपाली र ८ वटा जर्मन नागरिकको भएको जनाइएको छ । गोरखा जिल्लाको सवैभन्दा उत्तरी गाविस सामाको वडा नम्बर ४ स्थित मनास्लु हिमालको ७ हजार उचाईमा रहेका दोस्रो र तेस्रो क्याम्पमा बसेका आरोहीहरु हिमपहिरोमा परेका हुन ।
घटनास्थलबाट १२ जनालाई जिवितै उद्धार गरिएको छ । उद्धारका लागि सिम्रिक एयरका दुई वटा र फिस्टेल एअरको एउटा हेलिकोप्टर परिचालन गरिएको छ । गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी डोलराज ढकालले कम्तिमा ९ जनाको मृत्यु भएको पुष्टी गरेका छन् ।
शव फेला परेका नेपाली नागरिक बाबुदोर्जे शेर्पा भएको बताइएको छ । फेला परेका शव काठमाडौं ल्याउने तयारी भईरहेको छ । घटनास्थल गोरखा सदरमुकामबाट झण्डै ५५ कोष टाढा पर्दछ ।
सात हजार उचाईमा रहेको हिमाल बेश क्याम्पमा बिहानको खाजा खाने बेलामा पर्यटक हिम पहिरो परेका हुन् । हिम पहिरोमा जर्मन र नेपाली नागरिक परेका छन् । सदरमुकामबाट ५३ कोष टाढा रहेको घट्नास्थमा पर्नेहरुको नाम र ठेगाना खुल्न सकेको छैन ।