भारतको झारखण्ड राज्यस्थित देवघर जिल्लामा एक धार्मिक समारोहमा भागदौड मच्चिदा नौ जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् । मृत्यु हुनेहरुमा महिला र बालबालिका पनि रहेका प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
सन्त ठाकुर अनुकुल चन्द्राको १ सय २५ औं जयन्तीका अवसर उनको आश्रममा करिब एक लाख श्रद्धालु जम्मा भएको अनुमान गरिएको छ । भीड अनियन्त्रित हुंदा भागदौड मच्चिएको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाबारे स्थानीय प्रशासनले अनुसन्धान शुरु गरेको छ ।
-एजेन्सी