सिन्धुपाल्चोक । सिन्धुपाल्चोको विकट स्थान हगाम गाविसमा एक सातादेखि फैलिएको भाइरल ज्वरोबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुनमाया तमाङ र धनबहादुर श्रेष्ठ रहेका छन् ।
भाइरल ज्वरोले महामरीको रुप लिन थालेपछि पुरै गाविसमा नै विरामीको चाप बढेको छ ।
भाइरलको प्रकोप गाउँभर फैलिएपछि विद्यार्थीहरु विद्यालय जान समेत छाडेको स्थानीय चेतकुमार लामाले जानकारी दिएका छन् । यसअघि विभिन्न जिल्लामा भाईरलका कारण केही व्यक्तिले ज्यान गुमाईसकेका छन् ।
– RSS