सयुक्त राष्ट्रसङ्घको ६७ औं महासभा अमेरिकामा सुरु

 काठमाडौं – सयुक्त राष्ट्रसङ्घको ६७ औं महासभा आजदेखि अमेरिकामा सुरु हुँदैछ । महासभालाई अमेरिकी राष्ट्रपति बाराक ओवामाले पहिलो सम्वोधन गरेपछि अल्फाबेट र मुलुकको पदीय हैसियतका आधारमा अरु देशले पनि सम्वोधन गर्नेछन् ।

तीन महिना सम्म चल्ने महासभाको उद्घाटनसत्रपछि विभिन्न प्यानलमा छलफल हुनेछ । सम्मेलनमा नेपाल सहित १ सय ९४ राष्ट्र सहभागि छन् । १ सय ६० भन्दा बढी एजेण्डामा छलफल हुने महासभामा प्रशासनीक र राजनीतिक संयन्त्रमा फरक फरक छलफल गरिनेछन् ।

महासभामा नेपालमा तर्फबाट परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।