वार्षिक २,३०० करोड भारतीय रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको उक्त योजना लागू भएपछि त्यस्तो असमानता अन्त्य हुनेछ । उदाहरणका लागि भारतीय सेनाको मेजर जनरल पदमा काम गरिरहेका व्यक्तिले अहिले अवकाश पाए ५० हजार भारतीय रुपैयाँ मासिक निवृत्तिभरण बुझ्छन् भने २००६ अघिका लागि भने त्यो रकम ३८ हजार छ । सोही पदमा १९७० मा अवकाश पाउनेहरुले केवल ८ हजारमात्रै मासिक निवृत्तिभरण बुझ्ने गरेको भारतीय दैनिक मेल टुडेले उल्लेख गरेको छ ।
पूर्व सैनिकका सन्तान मानसिक तथा शारीरिक रूपमा अशक्त भए, उनीहरूलाई समेत जीवनभर निवृत्तिभरणको सुविधा दिने व्यवस्था आफ्नो नयाँ योजनामा भारत सरकारले ल्याएको छ । जसअनुसार पूर्व सैनिकको निधनपछि उनका अशक्त सन्तानले जीवनभर निवृत्तिभरणको सुविधा पाउनेछन् ।
भारतीय विदेश मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार भारतीय सेनाबाट अवकाश पाएका करिब १ लाख २३ हजारभन्दा बढी नेपालमा बसिरहेका छन् । तीबाहेक सेवाबाट अवकाश पाएपछि भारतका विभिन्न भागमा बस्ने नेपाली पनि हजारौंको संख्यामा छन् ।
२०१०, ११ को तथ्यांक मात्रै हेर्ने हो भने पनि, नेपालमा बसिरहेका पूर्व भारतीय सैनिकलाई निवृत्तिभरण स्वरुप करिब ११,०० करोड भारु जाने गरेको छ ।
यसैबीच सरकारको पछिल्लो निर्णयप्रछि पूर्वभारतीय सैनिकहरुले खुसी व्यक्त गरेका छन् ।
हामी एकदमै खुसी छौं किनकि लामो समयदेखिको हाम्रो माग करिब पूरा भएको छ, देहरादुन बस्ने पूर्व ब्रिगेडियर एनबीएस विष्टले ईकान्तिपुरसँग भने ।
भारतीय गोर्खा सैनिकका अर्का अवकाश प्राप्त ब्रिगेडियर पीएस गुरुङले पछिल्लो सरकारी निर्णयले तल्लो दर्जाका पूर्व सैनिकहरूलाई बढी फाइदा हुने उल्लेख गरे ।
अलग अलग समयमा अवकाश पाएका तल्लो तहका सैनिकबीच निवृत्तिभरणमा धेरै असमानता छ । त्यसैले पछिल्लो निर्णयबाट उनीहरूलाई बढी राहत हुनेछ,