चितवन नेकपा माओबादीको ताम्सालिङ राज्य समितिले, समिति अन्तर्गतका दश जिल्लामा आजदेखि मंसीर १० गतेसम्म भारतीय सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।
चितवन, मकवानपुर, धादिङ, काभ्रे लगायतका जिल्लामा भारतीय नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा रोक लगाइएको नेकपा माओवादी ताम्सालिङ राज्य समितिले जनाएको छ ।
दश जिल्लामा हिन्दी चलचित्र प्रर्दशन र हिन्दी गीत प्रशारणमा पनि रोक लगाइने नेकपा माओबादी चितवनका नेता नारायण शर्माले वताउनुभयो ।
भारतीय सवारी साधनले नेपालमा कृषि बजारलाई नै प्रभाव पार्ने गरी कृषिजन्यपर्दाथको ओसारपसार गरेको भन्दै सवारी साधनमा रोक लगाइएको माओवादीले जनाएको छ । RSS