पश्चिमाञ्चलकै उत्कृट डाक्टर चित्रप्रसाद शर्मा वाग्ले विरामी, अर्घाखाँचीवासी चिन्तित


भारतको राजीवगान्धी क्यान्सर अस्पतालमा उपचार गराईरहेका डा.चित्रप्रसाद शर्मा वाग्ले ।

 

– वीरेन्द्र केसी

 
अर्घाखाँची – १२ वर्षसम्म एउटै जिल्लामा बसेर विरामीको सेवा गरेका डाक्टर विरलै पाईन्छ ।  तर रुपन्देही मुर्गियाका डा. चित्रप्रसाद शर्मा वाग्ले ०५८ सालदेखि अर्घाखाँची जिल्ला अस्पतालमा प्रमुख भएर आएदेखि कुनै विरामी उपचार नपाएर फर्कनु परेन ।


०५९ मा माओवादीले सदरमुकाम आक्रमण गरेको अर्को दिनदेखि  प्रायः सबै सरकारी कार्यालयका प्रमुख सहति कर्मचारीले जिल्ला छाडे तर वाग्ले निरन्तर बसेर काम गरे । उनकै पालमा १५ शैयाको अस्पताल ३२ पुगेको छ । आपतकालिन रक्त व्यवस्था समेत सुविधा भयो । आपतकालिन स्त्री तथा शल्यकि्रयासम्म गर्न सक्ने लगायत थुप्रै पुर्वाधारको विकास भयो । रातको बेला समेत विस्ताराबाट उठेर दुई तीन पटक विरामी सुतेको वेडमा पुगेर हेरचाह गर्ने पश्चिमाञ्चल विकास क्षेत्रकै उत्कृट डाक्टर वाग्ले अहिले आफै विरामी परेर मृत्यु शैयामा छटपटाई रहेका छन ।

 


भारतको राजीवगान्धी क्यान्सर अस्पतालमा उपचार गराईरहेका डा.चित्रप्रसाद शर्मा वाग्ले साथमा उनकी श्रीमती सहित सुभचिन्तक ।

 

डब्लुएचओको स्कलरशीपमा एमपीच गर्न केही महिना अघि थाइल्याण्ड पुगेका उनै डाक्टर शर्मा विरामीले थलिए । एपेन्डिक्सको क्यान्सर भएको पहिचान भएपछि वाग्लेलाई लामो समय त पत्याउनै गाह्रो भयो । हातको कुम दुख्थ्यो उनले भने केही समय त दुखाई कम हुने औषधी खाएँ तर निको भएन ।  त्यसपछि डेढ लाख खर्च गरेर अनुसन्धान गर्दा एपेन्डिक्सबाट पेटमा क्यान्सर फैलिएको पत्ता लाग्ने म विलखवन्दमा परें ।


थाइल्याण्डमा रोग पत्ता लागेपछि उपचार गर्नका लागि अति महगो भएकोले खर्च धान्न नसकेका वाग्ले अहिले भारतको राजीवगान्धि क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् । भन्छन् यहाँ पनि कहाँ सस्तो छ र  थुप्रै पैसा केमो लगाउँदा सकिसकेको छ । १२ पटक केमो लगाएर त्यसको परिणामका आधारमा शल्यकि्रया गर्ने कुरा भै राखेको छ । तर त्यसका लागि धेरै पैसाको आवश्यकता परेको छ ।


सरकारी अस्पतालमा काम गर्ने डाक्टर विरामी पर्दा पनि सरकारले खासै चासो दिएको छैन । उनले पाउने औषधोपचारको खर्च पनि पाउन सकेका छैनन् । आफू बाँचेमाअझपनि देशका अन्य दुर्गम स्थानमा गएर सेवा गर्ने विचारमा रहेका डाक्टर वाग्ले अहिले क्यान्सरबाट पीडित छन् । उनले सरकारको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा पनि निवेदन दिएका छन् । यस्तो रोग कसैलाइ नलागोस उनले भने मलाइ लागि सकेको छ । यसमा सरकारले सहयोग गरेमा मैले अझ पनि बाच्ने आशा लिएको छु ।

 


भारतको राजीवगान्धी क्यान्सर अस्पतालमा उपचार गराईरहेका डा.चित्रप्रसाद शर्मा वाग्ले साथमा उनकी श्रीमती सहित सुभचिन्तक ।


दुइ छोरी र एक छोराका बाबु वाग्लेका छोरा अपाङ्ग छन् । उनलाइ आफ्नो परिवारका बारेमा पनि निकै चिन्ता छ । सरकारीस्तरको सहयोग पाएमा शल्यकि्रया गरी बाच्ने आशामा रहेका वाग्ले जिल्लामा इमानदार र मेहनती डाक्टरको रुपमा परिचित छन् । सदरमुकाममा माओवादी आक्रमण हुँदा उनले विना कुनै राजनीतिक पुर्वाग्रह उपचार गरेका थिए । उपचारका लागि आउने सबै मानिस मेरा लागि विरामी हुनु उनी भन्छन ुम सँग राजनीतिक पुर्वाग्रह भएमा मेरो पेशाको कुनै औचित्यता हुने थिएन । राजीवगान्धी अस्पतालमा पुगी वाग्लेलाई भेटेर फर्केका अर्घाखाँची वांगलाका अमृत भण्डारीले सरकारबाट सहयोग पाएमा आफु बाच्ने र अझै दुर्गम जिल्लामा गएर सर्वसाधारणको सेवा गर्ने वाग्लेले ईच्छा व्यक्त गरेको बताए ।

अस्पतालमा उपचारका लागि आएका गरिब विरामीहरुलाई आफनै खल्तीबाट पैसा दिएर उपचारमा सहयोग पुयाउथे । अस्पतालमा कहिले डाक्र नहुने कयौ समय लास पोस्रमार्टम नभएर कुहन्थिे । वाग्ले आएदेखि जिल्लावासीलाई डाक्टरको कुनै प्रवाह भएन विरामीको उपचारको लागि जतिबेला पनि तयार हुने डाक्टर हुन । उनलाई सरकारले बचाउनुपर्छ वाग्ले जस्ता डाक्टर कमै पाईन्छन । सरकारी कर्मचारी त्यसमा पनि लोकपि्रय डाक्टर जस्तो धेरै मानिसलाई उपचार गरी बचाउने पेशामा लागेका वाग्लेलाइ बचाउनका लागि सरकारले गर्न सक्ने सहयोग गर्नुपर्ने जिल्लावासीको माग छ ।


जिल्ला जनस्वास्थ्य निरीक्षक लिला गौतमले डा.वाग्ले आएपछि जिल्ला अस्पताल धेरै सुधि्रएको र जिल्लामा हुने उपचारको लागि कोही विरामी बाहिर जान नपरेको बताए । 


 वाग्ले विषय विशेयज्ञ भएकाले विरामीले धेरै राहत पाएका थिए । उनी सक्षम कार्यालय प्रमुखसँगै विरामीको सेवा बढी गर्ने भएकाले वाग्लेले जाचेपछि विरामी निकेा हुन्छ भन्ने सबैलाई विश्वास थियो ।

 





Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


 


अन्य समाचारहरु