सन्धिखर्कमा भुस्याहा कुकुरले टोकेर १५ घाईते

– वीरेन्द्र केसी


सन्धिखर्क, अर्घाखाँची – स्कुल भित्र गएर कुकुरले टोकेपछि ५ विद्यार्थी सहित १५ जना घाईते भएका छन । कक्षाकोठाबाट बाहिर निस्कदा भुस्याहा कुकुरले आक्रमण गरी टोकेपछि विद्यार्थीहरु त्रसित भएका छन ।

 

सन्धिखर्कको युवा वर्ष रविचित्र जनता मावि हटारीनेटाका पाँच विद्यार्थी र बजारमा हिडिरहेका दस जना सर्वसाधारण कुकुरले टोक्दा घाईते भएका छन । घाईतेको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ । कुकुरको त्रासले विद्यार्थी स्कुल आउन छाडेका छन ।


स्कुल जना भनि घरबाट बाटोमा  हिडिरहेको बेला  बजारमा धेरै संख्यामा रहेका कुकुरले एक्कासी आक्रमण गर्दा दुई दिन देखि सदरमुकामका विद्यालयका विद्यार्थी डरले बीच बाटोबाटै फर्कने गरेका छन । बाटोमा हिडिरहेको मान्छे देखे टोक्ने गरेको छ । सन्धिखर्क बजार दुई दिन देखि त्रासित छ ।


सदरमुकाममा करिब २ सयको संख्यामा रहेको अनुमान छ । कुकुरको त्रास देखा परेपछि विहीवार जिल्ला प्रशासन कार्यालयमा प्रजिअ भेषराज खनालको अध्यक्षतामा बसेको वैठकले  बजारमा रहेका भुस्याहा कुकुरलाई मार्ने निर्णय गरेको पशु सेवा कार्यालय प्रमुख डा. गोपाल गिरीले बताए । उनले बहुलाएको जस्तो लक्षण देखा परेका कुकुरलाई तत्काल ईन्जेक्सन दिएर मार्ने र अरुलाई रेबिज विरुद्धको खोप दिईने उनले बताए । पशु कार्यालयका दुई कर्मचारी र पाँच जना प्रहरीको टोली खटिएको छ  ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.




अन्य समाचारहरु