अर्घाखाँचीका सम्पुर्ण ४२ गाविसका सचिबहरुलाई सरसफाइ सम्बन्धि तालिम

– प्रेमनारायण आचार्य

 
  अर्घाखाची ११ असोज । अर्घाखाँचीका सम्पुर्ण ४२ गाविसका गाविस सचिबहरुलाइ सचेतीकरण तथा अभिमुखीकरण पुर्ण सरसफाई सम्बन्धि ३ दिने तालिम आज देखि सुरु भएको छ ।


सन् २०१४ भित्र  खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने  निर्णय भएको अर्घाखँचीका गाविस सचिबहरुलाइ पनि जिल्ला खानेपानी तथा सरसफाई तथा स्वच्छता समन्वय समितिले सचेतीकरण तथा अभिमुखीकरण पुर्ण सरसुाइ सम्बन्धि तालिमको आयोजना गरेको हो ।


तालिमको उद्घाटन समारोह जिल्ला खोनपानी तथा सरसुाइ स्च्छता समन्य समिति अर्घाखाँचीका अध्यक्ष तथा स्थानीय बिकास अधिकारी हेमराज भुसालको अध्यक्षता, सचिब तथा खानेपानी कार्यलयका प्रमुख राजेन्द्र प्रसाद न्यौपानेको स्वागत मन्तब्य र प्रगका सचिब प्रेमनारायण गैरेको संचालनमा समपन्न भएको हो ।


  अभियानलाई सघाउनका लागि ग्लोबल स्यानिटेशन फण्ड यू.एन ह्याबिटाटसँगको सहकार्यमा नेष्ट नेपाल सिसेक अर्घाखाँची इकार्डस् नेपाल र प्राग अर्घाखाँचीले जिल्लादेखि वडा तहसम्म विभिन्न कि्रयाकलापमा सहजीकरण गरिरहेका छन् । यी संस्थाहरुले जिल्लामा रहेका विद्यालयका शिक्षकहरु विद्यालय व्यवस्थापन समिति विद्यालयमा रहेका बाल क्लब नागरिक समाजको साजाल लगयतालाई सरसफाइ तथा खुल्ला दिसा मुक्तसम्बन्धी आधारभूत प्रशिक्षण प्रदान गरिरहेका छन्।

 


Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।




अन्य समाचारहरु