अमेरिकाले वर्माबाट आयात गरिने विभिन्न वस्तुमाथिको नाकाबन्दी थप खुकुलो गर्ने

अमेरिकाले वर्माबाट आयात गरिने विभिन्न वस्तुमाथिको नाकाबन्दी थप खुकुलो गर्ने भएको छ ।

 

वर्माका राष्ट्रपति थेन सेनसंग न्यूयोर्कमा भेटवार्ता गर्दै अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले वर्मामाथि लगाइंदै आएको महत्वपूर्ण प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरिएको बताउनु भयो । यसबाट वर्मेली व्यापारीले अमेरिकी बजारमा आफ्ना उत्पादन बिक्रिका लागि अरु अबसर मिल्ने अमेरिकाको आशा छ ।


अमेरिकी विदेशमन्त्री क्लिन्टनले वर्मा राजनीतिक सुधारको दिशामा लगातार अगाडि बढिरहेकोले यस्तो कदम चालिएको बताउनु भयो ।


क्लिन्टनले दुई मुलुकको व्यापारिक सम्बन्ध सामान्य बनाउन राष्ट्रसंघले पनि थप कदम चाल्ने वर्माका राष्ट्रपतिलाई जानकारी गराउनु भएको छ । वर्माका पूर्व सैन्य प्रमुख तथा राष्ट्रपति सेन राष्ट्रसंघको साधरण सभामा भाग दिन न्यूयोर्क पुग्नु भएको हो भने वर्माकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुचीपनि अहिले अमेरिका भ्रमणमै हुनुहुन्छ ।

 

– Agencies