आणविक रेडलाईन पार गरेको खण्डमा ईरान माथि सैन्य कारवाही गर्न ईजरेल तयार

न्युयोर्क । ईजरेलका प्रधानमन्त्री बेन्जामिन नेतेन्याहुले ईरानको आणविक कार्यक्रमबारे राष्ट्रसंघल स्पष्ट सिमारेखा तोक्नुपर्ने बताउनुभएको छ ।

 

अमेरीकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेतेन्याहुले ईरानको आणविक कार्यक्रमबारे रेडलाईन तोक्नुपर्न बताउनुभएको हो ।

 

 ईरानले उक्त रेडलाईन पार गरेको खण्डमा उ माथि सैन्य कारवाही गर्न ईजरेल तयार रहेको समेत नेतेन्याहुले स्पष्ट पार्नुभयो । ईरानले आणविक वम निर्माण प्रक्रिया ९० प्रतिशत सकाएको दावी गर्दै नेतेन्याहुले ईरानमाथि कारवाही गर्न ढिलो भईसकेको बताउनुभयो ।

 

विश्व समुदायले ईरानको मामिलामा हस्तक्षेप नगर्ने हो भने अर्को वर्षको मध्यसम्म उसले आणविक वम विकाश गर्ने दावी नेतेन्याहुको छ ।

 

– RSS