मालागा, स्पेन । स्पेनमा भीषण वर्षा पछि आएको बाढीमा परि कम्तिमा सात जनाको मृत्यु भएको छ । बाढीबाट दक्षिणी स्पेनका मालागा, मुर्सिया र अलमेरिया प्रान्त बढी प्रभावित भएका छन् ।
बाढीले सडकमा रहेका कारहरु बगाउनुका साथै धेरै घरहरु ध्वस्त पारेको छ । बाढीका कारण विद्यालयहरु बन्द गरिएका छन् भने सञ्चार सेवा प्रभावित भएको छ ।
अन्दलुसियाबाट सयौं मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले जनाएका छन् ।
मौसमविदहरुले अझै वर्षा हुने भविष्यवाणी गरेका छन् । केही महिना अघि मात्रै स्पेनका दक्षिणी प्रान्तहरुमा तापक्रम अत्याधिक बढ्नुका साथै खडेरी समेत परेको थियो ।