काठमाडौ – कपनमा पार्टीको एक कार्यक्रममा सम्बोधन गर्न पुगेका कांग्रेस सभापति सुशील कोइराला माथि आक्रमणको प्रयास भएको छ । कोइरालालाई लक्षित गरी गरिएको आक्रमणबाट पार्टीका दुईजना कार्यकर्ता घाइते भएका छन् । कोइराला सुरक्षित छन् ।
पार्टीको ४ नम्बर क्षेत्री सम्मेलनको उदघाटनका लागि पुगेका कोइरालामाथि मंचमै आक्रमणको प्रयास भएको हो । आयोजकले अतिथीहरुको स्वागतमा खादा लागाइदिने क्रममा एकजना युवक मंचमा चढ्ेर काठको टुक्राबाट कोइरालामाथि प्रहार गर्न खोज्दा कोइरालासंगै रहेका क्षेत्र न. ४ कै सचिवद्वय नर्मदा पोखरेल र श्याम संगतलाई लागेको थियो । टाउकोमा चोट लागेका पोखरेल र श्यामलाई उपचारका लागि ओम अस्पताल पुर्याइएको छ ।
कार्यक्रमस्थलमा रहेका नेपाल विद्यार्थी संघका प्रवक्ता यूपी लामिछानेले सभापति कोइराला सुरक्षित रहेको जानकारी दिए । कार्यक्रम स्थलमा केही बेर तनाव भएपनि अहिल कार्यक्रम संचालन भएको उनले बताएका छन् । नेविसंघले घट्नाको निन्दा गरेको छ ।