न्यूर्योक । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले संयुक्त राष्ट्रसंघको ६७ औँ महासभालाई सम्बोधन गर्दै कुनै पनि मुलुकले शान्तिपूर्ण उद्देश्यका लागि आणविक कार्यक्रम विकास गर्न पाउनुपर्ने वताएका छन् । अमेरिकामा भइरहेको महासभामा श्रेष्ठले नेपाल कुनै पनि स्वाधिन राष्ट्रले आणविक प्रविधिको विकास गर्न पाउनु पर्ने वताए ।
तर, उपप्रधानमन्त्री श्रेष्ठले नेपाल आणविक हतियारको होडवाजी र आणविक प्रविधिको दुरुपयोगको विरुद्धमा रहेको पनि वताए । उपप्रधानमन्त्री श्रेष्ठले मानवअधिकार, कानुनी शासन र लोकतन्त्रप्रति सरकार प्रतिबद्ध रहेको पनि वताए ।