काठमाडौं । आज विश्व मुटु दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी मनाईदै छ । यस अवसरमा मुटु रोगसम्बन्धी जनचेतना जगाउन राजधानीको न्युरोड टेबहालबाट अहिले प्रभातफेरि आयोजना गरिदै छ ।
यसपटक महिला र केटाकेटीलाई मुटु रोग लाग्नबाट जोगाउन अभियान संचालन गर्नुपर्नेमा जोड दिईएको छ । चिकित्सकहरुका अनुसार नेपालीहरुको जीवन शैलीमा आएको परिवर्तनका कारण मुटुको नसा र धमनीहरुमा लाग्ने रोग ह्वात्तै बढेर गएको छ ।
शहीद गंगालाल, त्रिवि शिक्षण अस्पताल र केही निजी अस्पतालहरुले मुटु सम्बन्धी उपचार सहज बनाए पनि विरामीहरुको चाप अत्यधिक बढ्न थालेको छ ।
RSS