– प्रेमनारायण आचार्य
सन्धिखर्क अर्घाखाँची १३ असोज । अर्घाखाँची जिल्लामा खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा कि्रयाशील संघसंस्था निकाय कार्यालयका प्रतिनिधिहरु र अर्घाखाँचीका ४२ वटै गाउँ विकास समितिका सचिवहरुले शनिबार १३ बुँदे सन्धिखर्क प्रतिवद्धतापत्र जारी गरी अर्घाखाँचीलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने सामुहिक प्रतिवद्धता व्यक्त गरेका छन् ।
गाविस सचिव हकहित संरक्षण केन्द्र अर्घाखाँचीका अध्यक्ष चन्द्रप्रसाद वाजाडेले सो प्रतिद्धतापत्र प्रस्तुत गरेका थिए भने अन्य गाविस सचिव एवम् साझेदारहरुले सो प्रतिवद्धतापत्रको अनुमोदन गरेका थिए ।
सो प्रतिवद्धतापत्रमा पश्चिमाञ्चल क्षेत्रीय प्रतिवद्धतापत्रको पूर्ण पालना गर्ने २०६९ कार्तिक महिनाभित्र सम्पूर्ण गाउँ विकास समितिहरुमा गाउँस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको गठन र पुनर्गठन गरिसक्ने र २०६९ मंसीर महिनाभित्र सम्पूर्ण गाउँ विकास समितिहरुको सरसफाइ कार्ययोजना र सूचकहरु तयार गरी कार्यान्वयनमा लैजाने प्रतिवद्धता गरिएको छ ।
२०६९ पौष महिनाभित्र सम्पूर्ण वडाहरुमा वडास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता निगरानी समितिको गठन र परिचालन गरिसक्ने अर्घाखाँची जिल्लाको सरसफाइ रणनीतिक योजनाको लक्ष्य पूरा नभएसम्म सरसफाइ प्रवद्र्धनलाई सामाजिक अभियानको रुपमा कार्यान्वयन गर्न गाविस क्षेत्रभित्र सम्भाव्य श्रोत पहिचान र परिचालन गर्ने समेत प्रतिवद्धतापत्रमा उल्लेख छ ।
प्रत्येक घरधुरीलाई सरसफाइमा जागृत गराउनका लागि आउँदो मंसीर मसान्तभित्र सबै घरधुरीलाई सरसफाइ परिचयपत्र वितरण गर्ने प्रतिवद्धता समेत व्यक्त गरिएको छ । घरमा सुरक्षित शौचालय हुने असुरक्षित शौचालय हुने र शौचालय नै नहुनेलाई फरक फरक रंगको सरसफाइ परिचयपत्र प्रदान गरिन्छ । गाउँ विकास समितिमा कुनै पनि सेवा सुविधा लिनका लागि सो कार्ड समेत सँगै लैजानुपर्ने अनिवार्य हुन्छ ।
सरसफाइलाई सामाजिक अभियानको रुपमा लैजानका लागि आवश्यक मानव संसाधन विकास तथा परिचालन श्रोत पहिचान एवम् परिचालन साजालीकरण आमसचेतीकरण एवम् जागरण अभियान जिल्लाव्यापी साचार अभियान साचालन गरिने प्रतिवद्धता समेत व्यक्त गरिएको छ ।
गाविस क्षेत्रभित्र सरसफाइको क्षेत्रमा उदाहरणीय कार्य गर्नेलाई पुरस्कृत गर्ने र संघसंस्था एवम् कार्यालय विद्यालय टोल वडा तथा गाविसको सरसफाइको अवस्थालाई मूल्यांकनको एक सूचक बनाउने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ । यस प्रावधानले सम्पूर्ण संघसंस्था एवम् निकायहरुलाई सरसफाइ अभियानमा संलग्न हुनका लागि थप गति प्रदान गर्दछू गाविस सचिव हकहित संरक्षण केन्द्र अर्घाखाँचीका अध्यक्ष एवम् असुरकोट गाउँ विकास समितिका सचिव चन्द्रप्रसाद वाजाडेले भने ।
जिल्ला खानेपानी सरसफाइ एवम् स्वच्छता समन्वय समिति अर्घाखाँचीको आयोजनामा अर्घाखाँची जिल्लाका सम्पूर्ण गाविस सचिवहरुका लागि सन्धिखर्कमा आयोजना गरिएको पूर्ण सरसफाइसम्बन्धी तालिम समापनको अवसरमा सो प्रतिवद्धतापत्र सार्वजनिक गरिएको थियो ।
हामीलाई हाम्रो सामाजिक र नागरिकप्रतिको दायित्वको राम्रो वोध भएको छू धातिवाङ गाविसका सचिव आलोक अग्रहरीले प्रतिवद्धता व्यक्त गरे कम्तिमा पनि हामी सबै आफू कार्यरत गाविसका बासिन्दाहरुलाई विभिन्न माध्यमबाट दिसा मुखमा परेर लाग्ने रोगको शिकार हुन दिने छैनौं ।
खिदिम गाविसका सचिव खकेन्द्र पालुंगेले अबका दिनमा आफू गाविसमा सिफारिसपत्रमा हस्ताक्षर गरेरमात्र नबस्ने र सरसफाइ अभियानको अगुवा भएर िसंगो गाविसको नेतृत्व गर्ने प्रतिवद्धता व्यक्त गरे । खुल्ला दिसाका कारण लाग्ने रोग सामाजिक बेइज्जति आर्थिक क्षती र सामाजिक असुरक्षाबाट आफ्नो गाविसका बासिन्दालाई मुक्त गर्ने अभियानको अगुवा हुनु पनि मैले मेरो दायित्व सम्झिएको छु उनले भने ।
नेपालमा सन् १९७२ मा ढल निकास विभागको गठन भएपछि सरसफाइलाई योजनावद्ध रुपमा अगाडि बढाउन थालिएको हो । सन् १९८० देखि शौचालय निर्माणका लागि अनुदानमुखी पद्धति अवलम्वन गरिएको थियो जतिबेला नेपालमा २ प्रतिशतको मात्र शौचालयमा पहुँच थियो । राष्ट्रिय तथ्यांक अनुसार सन् २०१० मा शौचालय सुविधा भएका नेपालीको जनसंख्या ४३ प्रतिशतमात्र थियो ।
एकातर्फ नेपालले सहश्राव्दी विकास लक्ष्यमा सन् २०१५ सम्ममा सरसफाइ सुविधाबाट विाचतको संख्या आधा पार्ने प्रतिवद्धता जनाएको थियो भने अर्कोतर्फ सन् २०१७ सम्ममा सम्पूर्ण नेपालीलाई आधारभूत तहको खानेपानी र सरसफाइ सुविधामा पहुँच पुर् याउने लक्ष्य लिइएको छ । अनुदानमुखी पद्धतिबाट शौचालय निर्माणका लागि सहयोग प्रदान गर्दा सरसफाइप्रति समुदायको अपनत्व सृजना हुन नसकेको र सहश्राव्दी विकास लक्ष्य एवम् राष्ट्रिय प्रतिवद्धता पूरा हुन नसक्ने निस्कर्ष निकाली नेपालमा सन् २०१० देखि समुदायको अगुवाइमा पूर्ण सरसफाइ अभियान साचालन गर्न थालिएको हो ।
यही अभियानअन्तर्गत अर्घाखाँची जिल्लामा समेत जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले सन् २०१४ भित्र अर्घाखाँची जिल्लालाई खुल्ला दिसामुक्त गर्ने घोषणा गरिसकेको छ । सो अभियानलाई ग्लोबल स्यानिटेशन फण्ड यू.एन. ह्याबिटाटसँगको साझेदारीमा नेष्ट नेपाल इकार्डस् नेपाल सिसेक अर्घाखाँची र प्राग अर्घाखाँचीले प्राविधिक क्षमता अभिवृद्धि क्षेत्रगत समन्वय र अभियान साचालनमा सहजीकरण गरिरहेका छन् ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।