अर्घाखाँची १० वर्षदेखि नक्सा विहीन

– वीरेन्द्र केसी


अर्घाखाँची – दस वर्षदेखि जिल्ला नक्सा विहीन छ । माओवादीको सदरमुकाम आक्रमणमा जलेर नष्ट भएका नापी नक्सा लगायका कागजपत्र अझैसम्म तयार भएका छैनन् । नक्साको अभावमा नापी कार्यालयका कर्मचारी काम विहीन छन ।

 


अर्घाखाँची नापी कार्यालय भवन ।


जग्गा जमिनको कित्ताकाँटको काम रोकिएको छ । किनबेच गर्दा जग्गा जमिनको क्षेत्रफल छुटाउन समस्या पर्दा घरजग्गा धनीले सास्ती खेप्दै आएका  छन । २०५९ को आक्रमणमा कार्यालयका सबैजसो कागजपत्र जलेर नष्ट भएका थिए भने ०६१ को आक्रमणका कार्यालय नै खरानी बनेको थियो । जग्गाको नक्सा छुटाउने कुनै आधार छैन नापी कार्यालयका अमिन विनोद भटराईले भने कागजी प्रमाण केही छैन जग्गा पास मालपोतले गर्छ । 
 

२०६८ सालमा नापी विभागका महानिर्देशक कृष्णराज विसीले जिल्लामा विशेष नापी कार्यालयको उदघाटन गरेका थिए तर काम अगाडी बढेको छैन । मालपोत कार्यालयले क्षेत्रफललाई आधारमानी तर्फ र दिसा खोली अनुमानका आधारमा जग्गा पास गरिदिने गरेको छ । मालपोतमा श्रेष्ता समेत जलेका छन । 

 
जग्गा पास गर्दा लालपुर्जाको तिरो तिरेको रसिद गाविसबाट हकबुक सिफारिस र सम्बन्धित व्यक्तिको श्रेष्ता कायमपछि उसग भएको लालपुर्जा हॆरेर तर्फलाई आधारमानी पास गरिदिएका छौ मालपोत कार्यालय प्रमुख तिलकराम रिजालले भने मेरो यति जग्गा हो भनेर व्यक्तिसगको लालपुर्जाको दिसाबाट किनबेच भएको छ । जग्गा सम्बन्धी श्रेष्ता कित्ताकाट सबै प्रमाण कार्यालयमा छैनन् । व्यक्तिको जग्गा उसग भएको लालपुर्जा आधार मानेर तर्फबाट पास गर्दा एउटै कित्ताकाटको जग्गा धेरै जनाको नाममा पास भएको हुनेसक्ने उनले बताए । जसले जग्गाधनीबीच झै झगडा भएका छन उनले भने हामीसग प्रमाण नहुदा पछि नापी गर्दा ठुलो समस्या हुन्छ । नक्सा नहुदा नीजि र सार्वजनिक जग्गा छुटाउने सकिने आधार पनि नभएको उनले बताए । सरकारी जग्गा कति छ भन्ने प्रमाण भएकाले धेरैले सार्वजनिक जग्गा नपाएर मिच्ने काम अध्यधिक भएको रिजालेको दावी छ । सार्वजनिक जग्गाको रेकर्ड छैन उनले भने जसलाई पनि मिचौं भन्ने लोप भैहाल्छ । कृषि विकास बैकबाट ऋण लिदा सक्कली लालपुर्जा दियौ हामीसग लालपुर्जा छैन भनेर आउने जग्गा धनी पछि छन उनले भने नापी नहुदासम्म उनीहरु जग्गा लालपुर्जा विहीन नै बस्नुपर्ने हुन्छ ।


 नापी विभागले जिल्लामा विशेष नापी कार्यालय स्थापनाको बोर्ड मात्रै राखेको तर काम गर्नको लागि उपसचिवको दरवन्दी नदिएको र बजेट पनि विनियोजन नगरेकाले कुनै काम भएको छैन । सहायक पमुख जिल्ला अधिकारी भेषराज खनालले बारम्बार आग्रह गर्दा समेत नापी विभागले नै काम अगाडी नबढाएकोले बताए । एउटै कित्ताकाटको जग्गा विभिन्न व्यक्तिहरुको नाममा भएको गुनासो आउने गरेको उनले बताए

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।




अन्य समाचारहरु