बर्मा । जनताको चाहना बमोजिम आगामी चुनावमा प्रजातन्त्रबादी नेत्री आङसाङ सुची राष्ट्रपति बन्न सक्ने बर्माका सैन्य शासक थीन सेनले बताएका छन् ।
बीबीसीसंगको कुराकानीमा थीन सेनले उक्त धारणा ब्यक्त गर्दै थीन सेनले सुची प्रेरणादायी ब्यक्तित्व भएको बताउनु भएको छ । बर्माका जनता लोकतन्त्रको भोगी भएको बताउँदै तानाशाह अन्त्यको पर्खाईमा रहेकाले पनि सुची भावी राष्ट्रपति बन्ने सम्भावना बलियो भएको भन्दै जनताको चाहना आफूलाई पनि मान्य हुने बताएका छन् ।
बर्मामा सन् २००८मा सैन्य शासकले संबिधान तयार गरी लागू गरेको थियो । जसलाई संसदको दुबै सदन र राज्यको बिधान परिषदमा सेनाको लागि २५ प्रतिशत सीट सुरक्षीत गरेको थियो ।
बर्माको सैन्य सरकारले आङसाङ सुचीलाई उनकै घरमा बर्षांसम्म नजरबन्दमा राखेको थियो भने यसै बर्षको अप्रीलमा उनले संसदीय चुनावमा जीत हासिल गर्दै संसदको सदश्यता हासिल गरेका थिए ।
– BBC