लेटिन अमेरिकी मुलुक भेनेजुएलामा सत्ताधारी र विपक्षी दलका समर्थहरुविच झडप हुँदा २ जनाको मृत्यु

लेटिन अमेरिकी मुलुक भेनेजुएलामा सत्ताधारी र विपक्षी दलका समर्थहरुविच झडप हुँदा २ जनाको मृत्यु भएको छ । राजधानी काराकासबाट ४ सय ५० कीलोमिटर दक्षिणपश्चिम बरिनास प्रान्तमा विपक्षीहरुले आयोजना गरेको चुनावी -यालीमा अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए ।


 मारीनेहरुमा प्रमुख विपक्षी फस्ट जस्टिस पार्टीका कार्यकर्ता गेईसन भालेरो र स्वतन्त्र व्यक्ति ओमार फर्नान्डेज रहेका छन् । यी दुबै जना अर्को हप्ता हुने राष्ट्रपति सनर्वाचनमा ह्युगो चाभेजका विपक्षी उम्मेदवार हेन्रीके क्याप्रिलासको पक्षधर रहेको बताईएको छ ।


 घटना लगत्तै विपक्षीहरुले राष्ट्रपति चाभेजकै समर्थकले गोली प्रहार गरेको आरोप लगाएका छन् । तर प्रहरीले भने बन्दुकधारीको खोजी भईरहेको प्रतिक्रिया दिएको छ । भेनेजुएलामा यही अक्टोबर ७ तारीखमा राष्ट्रपति निर्वाचन हुँदैछ । निर्वाचनमा वर्तमान राष्ट्रपति ह्युगो चाभेज र विपक्षी नेता हेन्रीके क्याप्रिलासविच कडा टक्कर हुने अनुमान गरिएको छ ।
Agencies