विनोद गैरे
अर्घाखाँची – जनवादी शिक्षाको र संघियताका विरुद्ध हाम्रो आन्दोलन जनमुखी संविधान र जातीय सद्भावका लागी २०औं जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ अखिल छैठौं अर्घाखाँची यतिखेर आफ्नो २०औं जिल्ला सम्मेलनको दैरानमा अर्घाखाँची ४२ वटै गा.वि.स.का विद्यालयहरुमा संगठन निर्माण साथै प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
अखिल छैठौं अर्घाखाँची अध्यक्ष कुलराज खनालका अनुसार आफुहरुले जिल्लाका सम्पूर्ण विद्यालयहरुमा सम्मेलनको पूर्वसन्ध्यामा कार्यक्रमहरु सञ्चालन गरिरहेको साथै आर्थिक अभियानलाई साथसाथै लगिरहेको जानकारी दिनु भएको छ । यो सम्मेलन इतिहासमै सबैभन्दा ऐतिहासीक हुने उहाँको दावीरहेको छ ।
सम्मेलनका सम्पूर्ण पूर्वाधारहरु क्रमस पूरा हुदै गईरहेको उहाँले अर्घाखाँची डट् कम लाई जानकारी दिनुभएको छ । सम्मेलन यहि २०६९ साल अशौज १७ गते सन्धिखर्कमा हुन गईरहेको छ ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।