यूरोपका विभिन्न मुलुकहरुमा बेरोजगारी दर फेरि बढेको छ । यूरोपमा गत महिना मात्रै बेरोजगारीको दर अहिलेसम्मकै उच्च पुगेको र १ करोड ८२ लाख बेरोजगार रहेको जनाइएको थियो । युरोपियन युनियनको तथ्यांक एजेञ्सीले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार अगष्ट महिनामा मात्रै थप ४९ हजार मानिस बेराजगार बनेका छन् ।
स्पेनमा सबैभन्दा बढी २५ प्रतिशत भन्दा बढी मानिस बेरोजगार भएका छन् भने अष्ट्रियामा बेरोजगारी दर सबैभन्दा कम ४ दशमलब ५ प्रतिशत रहेको छ । जर्मनीमा भने यो दर ५ दशमलब ५ प्रतिशत छ ।