भारतले जम्मु कश्मिर आफ्नो भुभाग भएकोले यसमाथि कुनै प्रकारको हस्तक्षेप नगर्न र विवाद नल्याउन पाकिस्तानको ध्यानाकर्षण गराएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन पुग्नुभएका पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारीले सम्बोधनका क्रममा कश्मिरको जनताले आफनो हक अधिकारको आवाज उठाउनुपर्ने बताएपछी भारतले आपत्ती जनाएको हो ।
राष्ट्रसंघ महासभामा बोल्दै भारतीय बिदेशमन्त्री एस.एम कृष्णाले कश्मिर भारतको अभिन्न अंग भएकाले यस मामिलामा पाकिस्तानको हस्तक्षेप आफूहरुलाई मान्य नहुने बताएका हुन् । कृष्णाले कश्मिरको आवाज महासभामा उठाएर पाकिस्तानले गल्ती गरेको बताए ।
यसअघि पाकिस्तानी राष्ट्रपति जरदारीले कश्मिरको मामिलामा बिश्व समुदायको ध्यान केन्द्रित गरेका थिए । भारत र पाकिस्तानबीच बिग्रेको सम्बन्ध सुधारोन्मुख भइरहेको अवस्थामा पाकिस्तानको यो भनाईले यी दुई देशबीचको सम्बन्धमा फेरी टवराव आउन सक्ने बिश्लेषण गरिएको छ ।
– Agencies