अमेरिकी राष्ट्रपति पदका दुई प्रत्याशी डेमोक्रेटिकका बाराक ओबामा र रिपब्लिकन पार्टीका मिट रोम्नी टेलिभिजन बहसमा


अमेरिकी राष्ट्रपति पदका दुई प्रत्याशी डेमोक्रेटिक पार्टीका बाराक ओबामा र रिपब्लिकन पार्टीका मिट रोम्नी एक टेलिभिजन कार्यक्रममार्फत् प्रत्यक्ष आमने सामने भएका छन् । तीन वटा मूख्य बहसको शुरुवात कोलोराडोको डेनवर शहरबाट गरिएको हो । बहसमार्फत् दुबै उम्मेदवारले आफूले उठाएका मुद्दाको बचाव गरेका छन् । बहसमा दुबैले आफ्ना मुद्दा र आफ्नो उम्मेदवारीलाई बलियो सावित गराउन निकै प्रयत्न र दलील पेश गरेका छन् ।

 

जीतका लागि दुई उम्मेदवारबीच निकै झिनो मतअन्तर रहेको बताइएका बेला यस्तो प्रत्यक्ष टेलिभिजन बहसलाई चासोपूर्वक हेरिएको छ । पहिलो बहसमा दुबैबीच आर्थिक मुद्दालाई हेर्ने विषयमा अन्तर देखिएको छ । ९० मिनेटको बहसमा दुई नेताबीच खासगरी कर, स्वास्थ्यसेवा सुधार र सरकरी भूमिकाका विषयमा मूख्य विवाद देखियो ।

 

राष्ट्रपति ओबामा ट्रिकल डाउन गर्भमेन्ट पद्धतीमा लागेको भन्दै रोम्नीले आलोचना गरेका छन् भने ओबामाले भने रोम्नी बुशकालीन डबल डाउन पद्धतीमा रहेको आरोप लगाएका छन् । बहसमा दुबै नेताले अर्थव्यवस्था, आर्थिक मन्दी, बेरोजगारी जस्ता विषयमा आफ्ना धारणा राखे ।