सफतलाको कथा: कामदारकाबाटै करोडपति बने सन्धिखर्कका उद्योगी योगेन्द्र

– वीरेन्द्र केसी

 

अर्घाखाँची – गरिब परिवारमा जन्मिएका योगेन्द्र खडका ६ वर्षको हुँदा वुवाको मृत्यु भएपछि निकै दुःख पाए । वर्षदिन खेतवारीमा दुःख गरेर ६ महिनालाई खान पुग्दैनथ्यो । पढनमा समेत वाधा पुग्यो । 

 
घरको काम देखी गाईभैसीलाई घाँस काटने खेती किसान गर्ने गोबर सोत्तर देखी सबै काम गर्दै पढाईलाई पनि निरन्तरता दिए । वुवाको निधन भएपछि प्रमाणपत्र तह भन्दा माथि पढन सकेनन् । त्यसपछि पढाई छाडेर घरको आर्थिक अभावले भारत तिर नोकरी खोज्दै हानिए ।  अर्काको दमनमा बस्न नसकेपछि दुई वर्षपछि घर र्फिर्कए । त्यतिवेला उनी २१ वर्षका थिए । सन्धिखर्कमा आफै ईटा बनाउन थाल्दाथाल्दै ईटा उद्योग नै खोले । उद्योग खोलेको दुई वर्ष नहुँदै माओवादीले २०५९ साल भदौमा सदरमुकाम आक्रमण गरेपछि बजार सुनसान भयो र नीजि घर निर्माणको काम रोकिँदा उद्योग वन्द भयो । बैंकबाट डेढ लाख रुपैयाँ ऋण लिएर पाउरोटी उद्योग खोले र आफु सहित सबै घरपरिवार नै कामदार बनेर उद्योगलाई विस्तार गर्दै गए । ३ वर्षपछि उद्योग नाफामा गएपछि उनी हैसिए ।  उत्पादित वस्तुहरु सोचेभन्दा बढी बिक्री भएपनि ८ वर्षमा ३९ वर्षीय खडका करोडपति बनें । उनको पशुपति पाउरोटी उद्योग जिल्लाकै नमुना उद्योग अन्तरगत पर्छ ।

 


अर्घाखाँची जिल्लाकै नमुना उद्योगी  योगेन्द्र खडका ।


एक वर्षदेखि देउराली चाउमेन तथा शश उद्योग पनि संचालन गरेका छन । अहिले २० जनालाई रोजगारी दिएका छन । मिस्त्री र कर्मचारीलाई मासिक २ लाख तलव बाँडछु  उनले भने त्यसबाट मलाई मासिक डेढ लाख आम्दानी भएको छ । उद्योगको आम्दानीबाट वर्षमा १८ लाख रुपैयाँ बैंक वचत गर्न सफल भएका छन । उद्योगको आम्दानीबाट १ नीजि गाडी २ वटा सवारी बोक्ने जीप किनेको छ खडकाले भने २० कोठे पक्की घर बनाएँ । घडेरी र खेत गरी २५ रोपनी जोडेका छन । अहिले ३ करोड भन्दा बढीको सम्पत्ती छ  उनले भने सबै आफनै परिश्रमबाट जोडिएको हो । वुवाको निधन भएपनि असल आमाले दिएको हिम्मत र साहसले र भाई सहित घरपरिवारले साथ दिएपछि सोचेको र आटेको काम गर्दा सफल भएको उनले बताए । सानो छँदा पनि भैसी पालेर बजारमा दुध विक्री गरेर जीवन गुजारेका बताए । भारतमा गएर नोकरी गर्दा नेपालीहरु साह्रै होपिएर बस्नु परेको पीडालाई उनी भुल्न सक्दैनन ।
 

उद्योगबाट उत्पादित पाउरोटी कि्रमरोल  समसा विस्कुट  पेस्टीज दोनट स्पेशल बडडे केक गुणस्तरीय र राम्रो भएपछि घरेलु कार्यालयबाट पुरस्कृत समेत भएका छन । कामदारबाट ३ करोड रुपैयाँको मालिक बनेपछि बाल्यकालमा गरेको कृषि काम छाडेका छैनन । सानैमा दुःख पाएको समयमा गाईभैसी पालेको थिए उनले भने यसलाई म निरन्तरता दिन्छु अहिले दुईवटा मुर्रा भैसी र एउटा गाई पालेका छौं । दैनिक ३० लिटर दुध बजारमा विक्री हुन्छ । दुधबाट वर्षमा १ लाख ८० हजार रुपैयाँ आम्दानी भएको छ । दुध सवारी गाडी र दुई वटा उद्योगबाट वर्षमा २० लाख रुपैया बैंक वचत गरेका छन । शुरुमा पाउरोटी उद्योग उनैले खोलका हुन । त्यसपछि सदरमुकाममा उद्योग खोल्नेक्रम बढदो छ । उनले सफलता प्राप्त गर्नुको श्रेय आमालाई नै दिन्छन । आमाले हरेक काम गर्दा सकारात्मक साथ दिनुभयो उनले भने अब म कसरी सफल बनुँ मात्रै सोचे भाई र घरपरिवारबाट राम्रो साथ पाएँ मालिक भएपनि उद्योगमा कामदार नै हुँ । कामदारबाट परिश्रम गरेरै करोडपति बनेपनि देशको राजनीतिक अस्थिरताले उद्योगहरु फस्टाउन नसेकोमा उनी चिन्तित छन । उद्योग विना देश चल्न सक्दैन खडका भन्छन देशको दीगो विकासका लागि औद्योगिक आन्दोलन गर्नुपर्छ । सरकारबाट उद्योगीलाई प्रोत्साहन र हौसला दिने खालेको नीति केही भएन । उद्योग राम्ररी फस्टाउँदै गए देश धेरै अगाडी जाने उनको दावी छ ।

 

सरकारले औद्योगिक क्षेत्रलाई विस्तार गर्ने योजना ल्याए धेरै उद्योगहरु खुल्ने र विदेश जाने युवाहरुलाई स्वदेशमै रोजगार दिन सकिने उनले बताए । उद्योगबाट सफल उनी सामाजिक क्षेत्रमा पनि कि्रयाशिल छन । देउराली यातायात व्यावसायी समितिको निर्वाचित अध्यक्ष र घरेलु तथा साना उद्योग विकास समितिको केन्द्रिय प्रतिनिधि लगायत अन्य सामाजिक संघसस्थामा छन । उनले कृषि क्षेत्रलाई पनि विस्तार गर्ने योजना बनाएका छन । सहकारी मार्फत दुग्ध उत्पादनका लागि पशुपाल्ने योजनामा रहेको बताए । एउटै काममा निरन्तरता दिए पैसा कमाउन विदेश धाउनु नपर्ने उनी दावी गर्छन ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।




अन्य समाचारहरु