त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट ठूलो परिमाणको विभिन्न देशका मुद्रासहित भारतीय नागरिक पक्राउ

काठमाडौं  । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट ठूलो परिमाणको विभिन्न देशका मुद्रासहित पक्राउ परेका तस्कर र बरामद मुद्रा आज प्रहरीले सार्वजनिक गरेको छ ।

 

एअर दुबईको विमानबाट साउदी अरविया उड्न लागेका भारतीय नागरिक विनोदकुमार सोनीलाई प्रहरीले पक्राउ गरेको थियो । सोनीको साथबाट बरामद भएको मुद्रामा युरो ४१ हजार ७ सात सय, कतारी रिएल ५६ हजार १ सय ५०, साउदी रिएल १ लाख ८४ हजार ९ सय, युएई दिराम १८ हजार ५ सय, स्वीस प्र्mयांक, ८ हजार ५ सय ६०, स्टर्लिङ पाउण्ड ४ हजार ९ सय १०, ओमानी रिएल ४ सय ९, कुवेती डलर १ हजार ८ सय ८७, बहराइन दिनार ४ सय ५ रहेको छ ।

यी मुद्राको नेपाली मूल्यांकन १ करोड २३ लाख ४० हजार ३ सय ८९ हुने पनि प्रहरीले बताएको छ । अभियुक्त भारतीय नागरिक सोनीले यो मुद्रा साउदी अरबीया लैजान लागेको अवस्थामा विमानबाटै नियन्त्रणमा लिइएको थियो ।


उनलाई यति ठूलो परिमाणको मुद्रा लिएर विमानसम्म पुग्न विमानस्थल सुरक्षामा खटिएका प्रहरी हवल्दार सोवित कार्कीले सहयोग गरेको पुष्टी भएको प्रहरीले बताएको छ । हवल्दार कार्की भने फरार रहेका छन् । गत शुक्रबार साँझ साउदी अरविया जाने विमानमा बम राखिएको भन्ने हल्ला पैmलिएपछि उक्त विमान खानतलासी गर्दा विमानको शौचालयमा मुद्रा फेला परेको थियो ।

 

– RSS