– उमाकान्त पाण्डे गाउंले
दिल्ली – भारत – प्राय रोजगारीका लागि बिदेशिने हामीनेपाली विश्वका धेरै मुलुकमा छौ । साझ बिहान हात मुख जोर्न समस्या भएर बिदेशिनु भन्दा पनि शुखद र खुशी जीवनका लागि दैनिक १२ सय भन्दा बढी युवा बिदेश पलायन भईरहेका छन । अध्यागमन बिभागको तथ्याकंले यही देखाउछ ।
यधपी विश्वमा सबै भन्दा बढी नेपाली भएको देश भारतमा रोजगारीका लागि जाने युवा शत्ती मात्र छैनन । भारतमा ब्यवसाय गर्नेहरु पनि थुप्रै छन । यसरी भारतमा व्यवसाय गर्ने नेपालीमध्ये अर्घाखाँचीका युवाहरु पनि छन । अर्घाखाँचीका करीब ४ सय भन्दा बडीले यहाँ व्यवसाय गर्ने गरेका छन ।
ट्राभल्स एण्ड टुरिजम , होटल रेस्टुरेन्ट, मेडिकल फार्मेसी लगायतका व्यवसाय गर्ने गर्छन् । त्यस्तै आयात निर्यात ( ढुवानी ) सेवा , अटो मोबायल्स , कुरियर-कार्गो जस्ता व्यवसायमा लागेका पनि धेरै छन । भारतमा रहेका अर्घाखाँचीका युवा व्यवसायी यहाँ बिभिन्न सामाजिक संघसस्थामा पनि सम्लग्न छन ।
सामाजिक संघसस्थामा सहभागीता जनाउने अधिकाशं अर्घाखाँचीकै युवाहरु नै छन । यहाँ व्यवसाय गर्ननै भनेर आउने सिमित ब्यात्ती छन । अधिकाशं रोजगारीका लागि यहाँ आएर काम गर्दै अन्य व्यवसाय तर्फ लागेका हुन । हामी सिधै यहाँ व्यवसाय गर्न आएका होइनौ , काम गर्दै पछी व्यवसाय तर्फ लाग्यौ – अहिले होटल व्यवसाय गर्दै आउनु भएका अर्घाखाँची धारापानीका दिपक जिसीले अर्घाखाँची डट्कम् सग भने । यहाँ अधिकाशं अर्घाखाँचीका युवाहरु कृयशिल र जागरुक हुनुहुन्छ , एक एक गरी दुई भए जस्तो समुहमा काम गर्न पनि उत्तिकैरुपमा लागेको पाईन्छ,सामाजिक संघसस्थापनी अर्घाखाँचीका युवाहरु उत्तिकै छन जिसीले भने ।
लुम्बिनी अर्घाखाँची समुह , सुपादेउराली जिप व्यवसाय समिति , जस्ता सामाजिक एवम व्यवसायिक सस्थाले अर्घेलीहरुलाई एक जुट गराउने गर्छ ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।