– वीरेन्द्र केसी
अर्घाखाँची – बजेट अभावमा नक्सा बनाउने काम अगाडी बढन सकेको छैन । नक्सा तयार गर्नको लागि सरकारले बजेट नछुट्टाईदिएका कारण सबै काम रोकिएको छ । नापी विभागले काम गर्न सबै तयारी पुरा गरेपनि बजेकै कारण नक्साको काम हुनेमा अझै अन्योल छ ।
अर्घाखाँचीको नापी कार्यालय भवन । नापी विभागले नक्सा बनाउनको लागि सबै तयारी गरेपनि सरकारले बजेट नछुटाईदा काम अगाडी बढन सकेको छैन । दस वर्ष देखि जिल्ला नक्सा विहीन हुँदा जग्गाधनी मारमा परेका छन ।
जिल्ला नक्सा विहीन भएको १० वर्षसम्म पनि बनाउने कार्य शुरु भएको छैन । द्धन्द्धको बेला दुई पटकसम्म माओवादी सदरमुकाम आक्रमणमा नापी कार्यालय ध्वस्त हुँदा सबै कागजपत्र जलेर खरानी भएका थिए । नापी विभागका प्रमुख नापी अधिृकत नारायण रेग्मी र अधिकृत देशकान्त देवकोटा जिल्लामा आई राजनीतिक दल साचारकर्मी कार्यालय प्रमुख लगायत सरोकारवालासँग अन्तरकि्रया गरे । रेग्मीले विभागले कर्मचारी देखि आफनो तयारीका सबै प्रकि्रया पुरा गरेको तर भुमिसुधार मन्त्रालयले बजेट विनियोजन नगरिदिँदा काम रोकिएको बताए । मन्त्रालयलाई बारम्बार आग्रह गर्दा चासो दिएको छैन । मन्त्रीपरिषदको बैठकले निर्देशिका पारित गरेपनि बजेट विनियोजन गरेको छैन ।
तीन वर्ष भित्र जिल्लामा नापी नक्सा तयार गरिसक्ने विभागले अवधी तोकेको छ । हामीले सबै तयारी गरेर बसेका छौ उनले भने बजेट कहिले छुट्टिएला भनेर पर्खेर बसेका छौ जिल्लाको नक्सा तयार गर्न मन्त्रालयले बजेट विनियोजन गरेको अर्को दिन जिल्लामा आएका आएर काम शुरु गर्छौ । जिल्लामा नक्साको काम सम्पन्न गर्न ३ करोड रुपैया बजेट लाग्नेछ । मंसिर महिनाबाट काम शुरु गर्ने र ०६९ सालभित्र दस गाविसमा सम्पन्न गर्ने लक्ष्य भएपनि काम गर्नेमा अन्यौल छ । गाउँका बाक्लो वस्तीको घरजग्गा डिजिटल प्रविधिबाट र पातलो वस्तीमा पुरानै ढंगबाट तयार गर्ने योजनामा रहेको उनले बताए ।
नक्सा बनाउन कर्मचारीको टीम सर्वसाधारणको घर घरमा पुग्नेछ । जसको लागि जिल्लास्थित नापी कार्यालयका १७ जना कर्मचारी ५२ जना अमिन सहित १ सय ३ जना ६ समुहमा विभाजन गरेर काम गर्ने योजनाका साथ तयारी गरेको उनको भनाई छ । तीन वर्षसम्म नक्सा तयार गर्नका लागि रेग्मीलले नेतृत्वको जिम्मेवारी पाएका छन । भुमिसुधार मन्त्रालयको जिम्मेवारी शान्ति मन्त्री टोपबहादुर रायमाझीले समालेका छन । उनी जिल्लावासी हुन । मन्त्रीले चासो दिएर पहल गरे छिटै बजेट छुट्टिने रेग्मीको दावी छ । उनले छिटो बजेट विनियोजन गर्नका लागि मन्त्रालयलाई दवाव दिन राजनीतिक दलका नेतालाई अनुरोध समेत गरे । अन्तरकि्रयामा सहायक प्रजिअ भेषराज खनालले जतिसक्दो छिटै काम नगरे जग्गा विवाद बढदै जाने बताए । द्धन्द्धको बेला ध्वस्त भएको नापी सहित सबै सरकारी कार्यालय पुनःनिर्माण सम्पन्न भैसकेपनि दस वर्षसम्म नक्साको काम भएन ।
एमाले उपसचिव कुलदिप भुसालले जिल्ला नक्सा विहीन बन्दा जग्गा किनबॆचमा अप्ठयारो परेको बताउँदै जिल्लाको ठुलो समस्या भएको बताए । अर्घाखाँची निकास बेचेर विकास गर्ने जिल्ला हो उनले भने विभागको टोलीलाई स्वागत छ जतिसक्दो छिटो काम गर्नुपर्छ यसमा सबै सहयोग गर्न तयार छन । किनबेच गर्दा सार्वजनिक जग्गा मिचिएको र नापी कार्यालयसँग प्रमाण नहुँदा मालपोतले व्यक्तिसँगको लालपुर्जाबाट दिसा र तर्फ खोली अनुमानका आधारमा पास गरिदिने गरेको छ । जसबाट एउटै कित्ताको जग्गा धेरै व्यक्तिको नाममा भएको गुनासो गर्न आउनेको संख्या धेरै भएको मालपोतले जनाएको छ ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।