– प्रेमनारायण आचार्य
अर्घाखाँची २३ असोज । नेपाल दलित संघ जिल्ला कार्य समिति अर्घाखाँचीको चौथो जिल्ला अधिवेशन अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सुरु भएको छ ।
अधिवेशनको एक कार्यक्रमका बिच नेपाली काग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीका सभापति कमलप्रसाद भुसालले उद्घाटन गर्नु भयो । कार्यक्रममा मन्तब्य राख्दै नेताहरुले नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न दलित संघ र आम दलितहरुको पक्षबाट भएको योगदानको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा नेपाली काग्रेसका सभापति कमलप्रसाद भुसाल दलित संघका केन्द्रिय सदस्य टिकाराम गहतराज महासमिति सदस्य तथा पुर्ब जिल्ला सभापति पिताम्बर शर्मा महासमिति सदस्य बिष्णु प्रसाद खनाल मुस्कान जिल्ला सचिब लोकेन्द्र बिक कोषाध्यक्ष हरिबहादुर खड्का काग्रेसका महासमिति सदस्य लक्ष्मी श्रेष्ठ दलित संघका केन्द्रिय उपाध्यक्ष कमल बिक काग्रेसका जिल्ला सदस्यहरु अशोक श्रेष्ठ ज्ञानबहादुर बिक लगायतले मन्तब्य राखेका थिए ।
त्थस्तै कार्यक्रममा काग्रेसका क्षेत्रिय सचिब हेमन्त बेल्बासे बिष्णु क्षेत्री इन्सु मिया सास्कृतिक संघका केन्द्रिय सदस्य रामप्रसाद अधिकारी भुपु सैनिक संघका केन्द्रिय सदस्य रामबहादुर परियार नेबिसंघका जिल्ला सचिब युबराज पाण्डे पत्रकार महासंघका पुर्ब अध्यक्ष निमबहादुर रिजाल जिल्ला सचिब प्रेमनारायण आचार्य लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम मणिराम परियारको अध्यक्षता र पि्रतम दलितको संचालनमा सम्पन्न भएको हो ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।