– वीरेन्द्र केसी
अर्घाखाँची – हास्यकलाकार दिपकराज गिरी र दिपाश्री निरौला आकस्मिक सन्धिखर्कमा देखा परेपछि हेर्न आउनेको ताँती नै लाग्यो । उनीहरु आएको हल्ला सुनेपछि छिनभरमै सयौको भीड लागिहाल्यो । आफनो व्यस्त काम धन्दा छाडेर आउनेहरु धेरै थिए ।
धेरैजसोको असिन पसिन हुदै दौडिनु नै बेकार भयो । देख्नै नपाको गुनासो धेरै बजारवासीले गरे । उनीहरु ग्लोबल आईएमई बैंकले आयोजना गरेको कार्यक्रममा आईएमई गरौ भन्ने सन्देश दिदै हिडेका थिए । विहीवार सन्धिखर्कको शान्ति वगैको मुख्य रोडमा एक घण्टा आकस्मिक आएका दर्शकलाई मनोराजन दिए ।
गिरी र निरौलाले अर्घाखाँची पहिलो पटक आएको बताउँदै पहाडी सुन्दर रमणीय जिल्लामा आउँदा मनै रमाउँदै खुसी लागेको बताए । करिब एक घण्टा दिएको मनोराजनमा उनीहरुले पुष्पकमल दाहाल शेरबहादुर देउवा डा.बाबुराम भट्टराईको कि्रयाकलाप सहितको कामको तिखो व्याङगयात्मक प्रहार गरॆर दर्शकलाई देखाए ।
गिरीले दाहालका छोरा प्रकाशले तेस्रो पटक विहे गरे यति ठुला मान्छेका छोराले भनेपछि दर्शकले हुटिङ गरेका थिए ।
अहिले चलेको फेसनलाई लिएर गरेको अभियनले दर्शकहरु पेटमिची मिची हासेका थिए ।
कार्यक्रम गायक राम राई र गायिका चन्द्र के.सीले प्रस्तुत गेको सिम्पल सम्पिल कान्छीको डिम्पल पर्ने गालाको संगितमा गाउका बुढा बा देखी अधिबैशे तालीमारेर मजा लिदै थिए । राष्टिय स्तरका गाएको चिसो चिसो हावाले भन्ने गितले सबैलाई नाचौ नाचौ बनाएको थियो
सधैं पर्दामा खेलेको अभियन हेरेर मनोराजन दिने हास्य कलाकार दिपकराज गिरी र दिपाश्री निरौलालाई विहिवार आफनै अगाडीबाटै अभियन गरेको देख्न पाउदा अर्घाखाँचीवासी दङ्ग परेका थिए ।
Additional reporting by Ganesh Khanal in Arghakhanchi.
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।