ठाडा अमराईमा चिलिम भ्याट


ग्लोबल आईएमई बैंकले अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरेको कार्यक्रममा हास्यकलाकार दिपकराज गिरी र दिपाश्री निरौला ।

 

– वीरेन्द्र केसी


अर्घाखाँची – दक्षिणी भेगको ठाडा अमराईमा दुधको चिमिल भ्याट चिस्यान केन्द्र स्थापना गरिएको छ । दक्षिणी क्षेत्र सात गाविसको मुख्य केन्द्र अमराईबजारमा दुध संकल गरी बुटवलमा संचालित डेरी उद्योगमा दुध पठाउने उद्देश्यले भ्याटको स्थापना गरिएको हो । यहाँकै सृजनशिल गाईपालन समुहले ३० वटा जर्सी गाई पालेर एक वर्षदेखि एक सय लिटर दुध बिक्री गर्दै आएकाले समुहलाई हस्तान्तरण गरिएको छ । जिल्ला पशु सेवा कार्यालय प्रमुख डा। गोपाल गिरीले भ्याटमा दुध खन्याएर उदघाटन गरे ।


जिल्लाको दक्षिणी क्षेत्रका गाविसहरु पशुपालनको लागि उत्तम भएकाले यस क्षेत्रमा गाईभैसी पालेर यहाँका कृषकले घरमै बसेर दुधबाट मनग्य आम्दानी गर्न सक्ने भएकाले कृषकले थप सहयोग होस भनेर चिस्यान केन्द्रको स्थापना गरिएको उनले बताए । सृजनशिल समुहले बाहेक यस क्षेत्रका कृषकले गाईभैसी पालेर दुध ल्याई केन्द्रमा बिक्री गर्न सक्नेछन । उदघाटनकै दिन एक सय लिटर दुध आएको थियो । दक्षिणी क्षेत्र ठाडा सितापुर सिमलपानी लगायतका ठुला गाविसमा प्रशस्त घाँसहरु सहितको जंगल भएको र बुटवल गोरसिङे नजिकै भएकाले घरमा दुईचार वटा गाईभैसी पालेर दुध बिक्री गरे मात्र महिनामा बीस तीस हजार सजिलै आम्दानी हुने भएकाले पशुपलानमा वृद्धि गर्न कृषकलाई गिरीले आग्रहर गरे ।

 

जर्सी गाईले दैनिक १५,१६ लिटर दुध दिने भएपछि यहाँका कृषकहरु जर्सी गाईपालन तिर आर्कर्षित भएका छन । सुजनशिल गाईपालन समुहका अध्यक्ष मोती बेल्वासेले एक वर्ष भित्रमा यस क्षेत्रबाट दैनिक १ हजार लिटर दुध बुटवल पठाउने योजना रहेको बताए । ठाडा अमराई सितापुर चाक्ला लगायतका गाउँमा दुध उत्पादनको लागि ३० जना कृषकले पशुपालनको शुरुवात गरेका छन । लामो समय देखि  पशु सेवा कार्यालय ठाडा ईलाकामा बसेर कृषकलाई पशुपालनमा आकर्षित गरेको भन्दै यहाँका प्रमुख चिकित्सक शोभाखर ज्ञवालीलाई सम्मान पत्रले सम्मान गरियो ।


कार्यक्रम मोती वेल्बासेको अध्यक्षता र केदार वेल्वासेको साचालनमा सम्पन्न कार्यक्रममा ज्योती बहुमुखी क्याम्पसका अध्यक्ष कुमार केशव सिंह लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा साचारकर्मी स्थानीय राजनीतिक दलका नेता कृषक व्यापारी लगायतको उपस्थिति रहेको थियो ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।




अन्य समाचारहरु