हिंसाग्रस्त मुलुक सिरीयाको एउटा यात्रुवाहक विमानलाई टर्कीले बलपुर्वक आफनो नियन्त्रणमा लिएको छ । रुसको मस्कोबाट टर्कीको आकाश हुँदै दमास्कसको लागि उडेको एयरबस ए थ्रि ट्वान्टीलाई टर्कीले बलपुर्वक राजधानी अङ्कारामा अवतरण गराएको हो ।
टर्कीको हवाई सेनाका दुईवटा युद्धक विमानले सिरीयाली विमानलाई बलपुर्वक अवतरण गराएका हुन् । रुसबाट हतियार लिएर दमास्कस जानलागेको आशंकामा विमान सैन्य जाँचको लागि नियन्त्रणमा लिईएको टर्कीको भनाई छ । तर विमानको परिक्षण गर्दा सैन्य प्रयोजनको लागि समेत प्रयोग हुनसक्ने सञ्चार उपकरण वाहेक अन्य केही हतियार फेला पर्न सकेन ।
परिक्षण सकिएपछि विमानलाई दमास्कसतर्फ पठाईएको टर्कीको विदेश विभागले स्पष्ट पारेको छ । १ सय ८० यात्रु क्षमताको उक्त एयसवस ३५ यात्रु र चालक दलका २ सदस्यसहित उडेको थियो । सिरीया सरकारले आधुनिक हतियार प्रयोग गरेर हजारौं सर्वसाधारण नागरिकको हत्या गरेको भन्दै टर्कीले गम्भिर मानवअधिकार उल्लंघनका घटनामा प्रयोग हुने हतियार ओसारपसार गर्न आफनो हवाई क्षेत्र नदिने बताएको छ ।
Agencies