काठमाडौं । किशोर किशोरी भए दक्ष, बन्छ देशको भविष्य भन्ने मुलनाराका साथ आज पहिलो बालिका सम्बन्धी अन्र्तराष्ट्रिय दिवस नेपालमा पनि मनाइएको छ । संयुक्त राष्ट्रसंघले हरेक वर्षको अक्टोबर ११ लाई अन्र्तराष्ट्रिय बालिका तथा किशोरी दिवसको रुपमा मनाउंने गरेको छ ।
राष्ट्रसंघीय नियोगहरुको सहकार्यमा नेपालमा पनि राष्ट्रिय योजना आयोगको आयोजनामा यो दिवस मनाउन शुरु गरिएको हो । यसै अवसरमा काठमाडौंको सोल्टी होटलमा आज भएको कार्यक्रममा ३४ जिल्लाका बालिकाहरु सहभागि भए ।
नेपालमा झण्डै ३० लाखको हाराहारीमा किशोरीहरु रहेका छन् । कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति परामन्द झाले किशोरीहरुलाई असल र गुणवान बनाउन सकिए मात्र समाज चेतनशील हुने बताउनुभयो । कार्यक्रममा किशोरीसंग सम्बन्धित बृत्तचित्र समेत प्रर्दशनी गरिएको थियो ।
– RSS