यस वर्षको नोबल शान्ति पुरस्कार युरोपेली युनियनलाई प्रदान

Europe foundationयस वर्षको नोबल शान्ति पुरस्कार युरोपेली युनियनलाई प्रदान गरिने भएको छ । स्वीडिस एकेडेमीले ६ दशकसम्म युरोपमा शान्तिलाई बढवा दिन भूमिका खेलेको भन्दै युरोपेली युनियनलाई नोबल शान्ति पुरस्कार दिने निर्णय गरेको हो । युरोपेली युनियनले युद्धको महाद्वीपका रुपमा रहेको युरोपलाई शान्ति महाद्वीपमा बदल्न महत्वपूर्ण भूमिका खेलेको एकेडेमीको ठहर छ ।


 

ओस्लो – सन् २०१२ को नोवेल शान्ति पुरस्कार युरोपियन युनियनलाई प्रदान गरिएको छ । गत आधा शताब्दीभन्दा बढी समयदेखि शान्ति र विकासमा पुर्‍याएको विशेष योगदानको कदरस्वरूप उक्त संस्थालाई यो पुरस्कार प्रदान गरिएको नोवेल समितिका अध्यक्ष थोरजर्न जागल्यान्डले जानकारी दिए ।

 

युरोपेली परिषद्का अध्यक्ष जोस म्यानुअल बारोस्कोले यो पुरस्कार उक्त महासङ्घका सबै २७ सदस्यका लागि एउटा ठूलो सम्मान भएको प्रतिक्रिया दिए । पुरस्कारको राशि १२ लाख अमेरिकी डलर  छ । डिसेम्बर १० मा राजधानी ओश्लोमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिनेछ । यसअघि पनि यो पुरस्कार संस्थागत रूपमा प्रदान गर्ने गरिएको थियो । एम्नेस्टी इन्टरनेशनल, संयुक्त राष्ट्रसङ्घीय बालबालिका कोष (युनिसेफ) रेडक्रसको अन्तर्राष्ट्रिय समिति, संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना संस्था आदिले यो पुरस्कार प्राप्त गरिसकेका छन् ।

 

– एजेन्सी