भारतको पटनामा उपचार गराउन आएकी एक युवतीको चिकित्सकले करिब एक महिनासम्म बलात्कार

 पटना  – भारतको बिहार राज्यको पटनामा उपचार गराउन आएकी एक युवतीको चिकित्सकले अश्लील एमएमएस बनाएर करिब एक महिनासम्म बलात्कार गरेको खुलासा भएको छ । चिकित्सकले सहयोगीसँग मिलेर यो अपराध गरेको अनुसन्धानमा खुलेको छ ।


दुई सातादेखि बेपत्ता ती युवती मंगलबार विक्षिप्त अवस्थामा पटनाको दानापुर रेल्वे स्टेसनमा फेला परेकी थिइन् । परिवारजनले चिकित्सकमाथि छोरीको एमएमएस बनाएको, अपहरण र बलात्कार गरेको अभियोग लगाएको छ ।

 

१५ अगस्टमा शल्यक्रियाको क्रममा चिकित्सक रमेशप्रसाद सिंहले अश्लील एमएमसए तयार गरेको ती युवतीले बताइन् । यसपछि चिकित्सक सिंह र उनका दुई सहयोगीले ब्लाकमेल गर्दै धेरै दिनसम्म बलात्कार गरेको उनले पीडा सुनाइन् । २६ सेप्टेम्बरमा छोरी बेपत्ता भएपछि परिवारजनले राजीव नगर प्रहरीचौकीमा उजुरी हालेका थिए । छानविन जारी रहेकै बेला रेल्वे स्टेसनमा ती युवती फेला परेकी थिइन् ।

 

चिकित्सकले बोलाएर हात खुट्टा बाँधेर अपहरण गरेको उनले जानकारी दिइन् ।

 

– एजेन्सी