– वीरेन्द्र केसी
अर्घाखाँची – शान्ति तथा पुर्नःनिर्माण मन्त्री टोपबहादुर रायमाझीले आफुहरुले सरकार छाडेमा मुलक संकटमा फस्ने दावी गरेका छन ।
अखिल नेपाल शिक्षक संगठनको तेस्रो जिल्ला सम्मेलनको उदघाटन गर्दै मन्त्री रायमाझीले संविधान सभा नभएको बेलामा मुलुकको निकास के हो भन्ने भन्दा पनि विपक्षी दलहरुले एककोहोरो रुपमा सरकार छाड भन्नु देशलाई पछाडी धकेल्नु भएको बताए । सरकारले संविधानसभा पुनःस्थापना र चुनाव दुवै बटा विकल्प खुला गरेको छ उनले भने त्यसमा बसौ र छलफल गरेर देशलाई निकास दिऊ । विपक्षी दल काग्रेस एमाले लगायत दल निकास कसरी निकल्ने भन्दा पनि सरकार कसरी बनाउने भन्नेमा केन्द्रित भएको आरोप लगाउँदै दशै तिहार अगाडी सहमती हुने संभवना नरहेको बताए ।
उनले काग्रेस नेतृत्वमा सरका बन्न नसक्ने दावी गरे । काग्रेसको राष्टपति छन उनले भने देश अहिले संक्रमण अवस्थामा छ राष्टपति र प्रधानमन्त्री काग्रेसको भए मुलुक निरकुश तर्फ धकेलिनेछ । देशलाई अन्धकार बनाउन सरकार नछाडे कुरा सोच्न पनि नसकीने बताए । सबै एजेण्डामा छलफल गरौ भन्दा वास्ता नदिने तर सरकार मात्रै छाड भन्नु गाडा अगाडी गोरु पछाडी राख्नु हो उनले भने हलो अडकाएर गोरु चुटने काम छाडन विपक्षीले आग्रह छ । उनले बाबुराम भटराईको सरकारले शान्ति प्रकि्रयाको काम पुरा गरेको दावी गरे । बाबुरामको राम्रो कामले विपक्षीहरु सशिकंत भएका छन । हामीले संविधानसभा पुनःस्थापना भन्दा उहाँहरु चुनाव भन्नुहुन्छ हामीले चुनाव भन्यौ भने उहाँहरुले पुनस्थापना भन्नुहुन्छ माओवादी स्थायी समिति सदस्य समेत रहेको रायमाझीले भने यही कारणले निकास निकाल्न अप्ठयारो परेको छ । चुनावमा जान काग्रेस एमाले किन डराएका छन ।
फुटेको बेला चुनावमा गएर एमाओवादीलाई हराएर देखाए हुन्छ नी उनले भने । अहिले १ सय १० पार्टी भित्र चार धार छन । पुरानै व्यवस्थामा जाने ०४७ सालको संविधान ब्युताउने फेरी युद्धमा फर्कने र अग्रगामी धारणा छन उनले भने जसका कारण देश संकटमा पुगेको हो । उनले परिवर्तनले ल्याएका उपलब्धीलाई संथागत नगरेसम्म शिक्षामा सुधार हुन नसक्ने भन्दै प्राविधिक र वैज्ञानिक शिक्षा हुनुपर्ने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दमा भुर्तेल स्थानिय विकास अधिकारी हेमराज भुसाल शिक्षाका अधिकारी मित्रमणी खनाल एमाओवादी महाधिवेशन आयोजक समितिका सदस्यद्धय चन्द्र बहादुर खडका कमल खनाल जिल्ला संयोजक गोविन्द केसी पुर्व शेक्रेटरी ठाकुर विक शिक्षक युनियनका यादव घिमिरे लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम मान बहादुर पाण्डेको अध्यक्षता र कमल घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।
Arghakhanchi.Com’s earlier story is below.
दशै तिहार अगाडी सहमति नहुने शान्ति मन्त्री रायमाझीको भनाई
— गणेश खनाल
अर्घाखाँची । शान्ति तथा पुन निर्माण मन्त्री टोप बहादुर रायमाझीले दशै तिहार अगाडी सहमति हुने सम्भावना नभएको बताउनुभएको छ ।
अखिल नेपाल शिक्षक संगठन अर्घाखाँचीको तेस्रो जिल्ला सम्मेलनको शनिवार सन्धिर्खकमा उढ्घाटन गदै मन्त्रि रायमाझीले दलहरु विच संसद पुनस्थापना की नयाँ चुनाव भन्ने बारे सहमति नभएकाले चाड पर्व अगाडी सहमति हुने सम्भावना निकै कम रहेको बताउनुभएको हो । सरकार संसद पुनस्थापना वा नया चुनाव जे पनि मान्न तयार रहेको मन्त्री रायमाझीले स्पष्ट गर्नुभयो ।
एकिकृत नेकपा माओवादीका नेता समेत रहनु भएका रायमाझीले दलहरु विच सहमती नभए सम्म बर्तमान सरकारले राजिनमा नदिने बताउनुभयो । दलहरु विच अगाडी जाने की पछाडी हट्ने भन्ने विच विवाद रहेको भन्दै मन्त्री रायमाझीले अहिले नेपालमा चार शत्ति रहेको र अन्त्यमा दई शक्ति विच लडाई जारी रहने दावी गर्नुभयो ।
राष्टपति पनि आफनै र प्रधानमन्त्री पनि आफनौ हुनुपर्छ भन्ने काग्रेसको विचार सत्ता कव्जा गर्ने मनासयको अभिव्यत्ति भएको भन्दै आफनो हठ छोडेर अगाडी बढ्न काग्रेसलाई आग्रह गर्नुभयो । यद्यपी दलहरु विच राष्टलाई निकास दिने विषयमा सहमति भए आफुहरुले जसको नेतृत्वमा सरकार बने पनि सहभागी हुने बताउनुभयो । प्रतिपक्ष दलको अवरोधका कारण बर्तमान सरकारले केहि गर्न नसकेको बताउनुभयो ।
नेपालमा संयियता सहितको सविधान जारी गरि स्थायी सरकार चलाउने बातावरण बनेपछि शिक्षा क्षेत्रमा देखीएका समस्या आफै हल भएर जाने बताउनुभयो । माओवादी नेता रायमाझीले मोहन बैधको समुहले अग्रगमन भन्दा पश्यगमनको बाटो अबलम्वन गरेको भन्दै सो समुह पतन भएर जाने जिकिर गर्नुभयो ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।