च्यासिङ्खर्क – काभ्रेको डााडापारी क्षेत्रमा पर्ने च्यासिङ्खर्क गाविस-९ मदनबासमा एक दिने निःशुल्क स्वास्थ्य शिविर तथा निःशुल्क औषधी वितरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
सि डि ओ नेपाल ललितपुरको आयोजना एंव आइत टासी गुम्बा मदनबासको व्यवस्थापनमा भएको हो । स्वास्थ्य शिविरमा करिब ३ सय जनालाई सेवा प्रदान गरिएको सिडीओ नेपालकी आरती बस्नेतले बताइन । सोही संस्थाले विगत ९ वर्ष अघि देखि ललितपुरको गैलाजा कारखानामा मजदुरहरुलाई सेवा प्रदान गरि काभ्रेको देवीटार सिपाली महादेवटार र च्यासिङ्खर्कमा सम्पन्न गरि सकेको र अझै ५ गाविसमा साचालन गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार हाल सम्म काभ्रेको विभिन्न स्थानमा स्वास्थ्य शिविर साचालन गरी २ हजार भ्ान्दा बढिलाई सेवा प्रदान गरि सकेको जनाएको छ ।