– गणेश खनाल
अर्घाखाँची । शान्ति तथा पुन निर्माण मन्त्री टोप बहादुर रायमाझीले दशै तिहार पछि सहमती हुने बताउनुभएको छ ।
कान्तिकारी पत्रकार संघ नेपाल अर्घाखाँची शाखाले सन्धिर्खकमा आईतवार गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रायमाझीले दशै तिहार पछि दलहरु विच संसद पुनस्थापनामा सहमति भई देशले निकास पाउने दावी गर्नुभयो ।
दलहरु विच विगतमा भएका सहमतिलाई अन्तिम रुप दिई सविधान जारी गर्ने र बाकी रहेका विवादित विषय जनमत स्रगह वा अन्य कुनै विकल्पमा गएर अन्त्य गर्ने गरि संसद पुनस्र्थापना गर्ने तयारी भईरहेको मन्त्रि रायमाझीको भनाई थियो । दलहरुका विचमा संसद व्युताउने बाहेक अर्को उत्तम विकल्प केहि नभएको जिकिर गर्नुभयो । सहमतिका लाग बर्तमान सरकारले जस्तो सुकै बलिदान गर्ने बताउनुभयो ।
पत्रकारको एक जिज्ञासमा मन्त्री रायमाझीले राष्टपतिले बर्तमान सरकारलाई हटाउने सबैधानिक अधिकार नभएको बताउनुभयो । एउटै जननिर्वाचित सस्थाबाट चुनिएको राष्टपति कार्यकारी हुने सोही प्रकि्रयाबाटैनै आएको सरकार कसरी अबैधानिक हुन्छउहाले प्रति प्रश्न गदै भन्नुभयो । दलहरु विच मिलेर अगाडी बढनु बाहेक अर्को कुनै विकल्प नभएको रायमाझीको भनाई थियो ।
राष्टपति पनि आफनै र प्रधानमन्त्री पनि आफनौ हुनुपर्छ भन्ने काग्रेसको विचार सत्ता कव्जा गर्ने मनासयको अभिव्यत्ति भएको टिप्पणी गर्नुभयो । माओवादीले सहमतीका लागी आफनो पार्टी नै फुटने सम्मको वलिदान गरि शान्ति प्रकि्रया टुङ्गगाएको स्मरण गदै अव बलिदान गर्ने पालो काग्रेस एमालेको भएको बताउनुभयो ।
Additional reporting by Premnarayan Acharya in Arghakhanchi.
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।