अर्घाखाँचीमा प्रहरीको बार्षिक उत्सब

– प्रेमनारायण आचार्य

 

अर्घाखाँची । ५७ औ प्रहरी दिबसको अबसरमा आज जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा आज अन्तरकि्रया कार्यक्रम सम्पन्न भएको छ ।

 


 

कार्यक्रममा प्रहरी नायब उपरिक्षक अरुण पौडेलले प्रहरी प्रधान कार्यलयबाट जिल्ला प्रहरी कार्यलयमा आएको शुभकामना पत्र पढेर सुनाउदै जिल्ला प्रहरी कार्यलयले गरेका कामको बारेमा जानकारी गराउनु भएको थियो ।

 

जिल्ला प्रहरी कार्यलय अर्घाखाचीमा ३सय ३५ कर्मचारी कार्यरत रहेका छन । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोबिन्द मणि भुर्तेलले शान्ती सुब्यबस्था र सुरक्षा ब्यबस्था बलियो बनाइ आम अर्घाखाचीबासीलाइ सुरक्षा प्रदान गर्न  सबै प्रहरी कर्मचारीलाइ आग्रह गर्नु भयो ।

 


 

कार्यक्रममा चन्दननाथ गणका गणपति रामकाजी राना मगर स्थानीय बिकास अधिकारी हेमराज भुसाल जिल्ला शिक्षा अधिकारी मित्रमणि खनाल एनेकपा माओबादीका जिल्ला संयोजक गोबिन्द प्रकास केसी काग्रेसका जिल्ला सचिब लोकेन्द्र बिक एमालेका जिल्ला अध्यक्ष रामजी प्रसाद घिमिरे लगायत नागरिक समाज पत्रकार संघ सस्थाका प्रतिनिध हरुको उपस्थिति रहेको थियो ।

 

कार्यक्रम जिल्ला प्रहरी कार्यलयका सही प्रकाश घिमिरेको संचालनमा सम्पन्न भएको हो ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।




अन्य समाचारहरु