सिरियाद्धारा छिमेकी मुलुक टर्कीका याबुवाहक विमानहरुलाई आफ्नो आकाशमा उड्न प्रतिबन्ध

सिरियाले छिमेकी मुलुक टर्कीका याबुवाहक विमानहरुलाई आफ्नो आकाशमा उड्न प्रतिबन्ध लगाएको छ । दुई दिन अगाडि सिरियाको एउटा विमानलाई टर्कीले बलपूर्वक अवतरण गराएको जवाफमा सिरियाले यस्तो घोषणा गरेको हो ।

 

 सिरियाली विदेश मन्त्रालयका अनुसार गएरातिबाट टर्कीका सबै उडानलाई सिरियाली आकाशमा प्रतिबन्ध लगाइएको हो । गत विहीवार रुसको मस्कोबाट सिरियाको दमास्कसका लागि उडेको विमानलाई टर्कीले युद्धक विमानको सहायताले आप्mनो भूमिमा अवतरण गराएको थियो ।

 

 सिरियाली विमानले रुसबाट सैन्य सामग्री र हतियार ओसारपसार गरेको आरोप टर्कीले लगााउँदै आएको छ ।

 

 सिरियाले भने टर्कीको आरोपको खण्डन गर्दै जहाजमा भेटिएको भनिएको सैन्य सामग्री विश्व समुदायलाई देखाउन चुनौती दिएको छ । सिरियामा जारी हिंसाको कारण सीमाक्षेत्रमा टर्कीस नागरिक समेत मारिन थालेपछि टर्की सरकारले सिरियामाथि कडा व्यवहार गर्दै आएको छ ।

 

अघिल्लो सातामात्रै टर्कीको संसदले आवश्यक परे सिरियामाथि सैन्य कारवाही गर्न सरकारलाई अधिकार दिएको थियो ।

 

– Agencies