क्युवाले विदेश भ्रमण गर्नु अघि आफ्ना नागरिकले सरकारी अनुमति लिनु पर्ने व्यवस्था हटाएको छ ।
त्यहांको सरकारी सञ्चार माध्यमले जनाए अनुसार यो व्यवस्था अर्को वर्षको जनवरी १४ बाट लागु हुने र अध्यागमन कानुनले वर्तमान कानुनलाई व्यवस्थित बनाउने छ ।
क्युवामा विदेश भ्रमणको अनुमतिका लागि सर्वसाधारण लामो प्रक्रिया र धेरै पैसा तिर्न बाध्य थिए । क्युवाका राष्ट्रपति राहुल क्यास्ट्रोको राजनीतिक सुधारको अभियान अन्तर्गत विदेश भ्रमण गर्नुअघि अनुमति लिनुपर्ने ब्यवस्था हटाइएको जनाइएको छ ।
– RSS